Nepal Jana Khabar
हरेक जनताको खबर
१५ बैशाख २०८३, मंगलवार
ट्रेनडिंग

राष्ट्रिय परिचयपत्रका लागि १८ हजार विवरण सङ्कलन

भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि १८ हजारले विवरण बुझाएका छन् । जिल्लाको चाँगुनारायण नगरपालिकाका– ९ वटा वडा र सूर्यविनायक नगरपालिका– १ देखि ४ सम्म जारी विवरण सङ्कलन अभियानमा १८ हजारले व्यक्तिगत विवरणसहितको फाराम भरेका हुन

भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि १८ हजारले विवरण बुझाएका छन् । जिल्लाको चाँगुनारायण नगरपालिकाका– ९ वटा वडा र सूर्यविनायक नगरपालिका– १ देखि ४ सम्म जारी विवरण सङ्कलन अभियानमा १८ हजारले व्यक्तिगत विवरणसहितको फाराम भरेका हुन ।

यसैबीच सूर्यविनायक नगरपालिका–६ देखि १० सम्म सोमबरदेखि अभियान सुरु हुने भएको छ । अभियान अन्तर्गत प्रत्येक वडामा ३ वा ४ केन्द्र रहनेछन् । एक केन्द्रमा एक कम्युटर अपरेटर, दुई छानवीन गर्ने अधिकारी र एक जना सहयोगी रहने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो ।

उहाँले छिट्टै भक्तपुर र मध्यपुरथिमि नगरपालिकामा पनि छिट्टै अभियान सञ्चालन गरिने जानकारी दिनुभयो । “भक्तपुर नगरपालिकामा एक दुई दिनभित्रै रुजु अधिकारीलाई अभिमुखीकरण गरेर कार्यस्थल खटाइ अभियान सुरु गर्ने तयारी भइरहेको छ । त्यसपछि मध्यपुर थिमिमा अभियान सुरु गर्छौं,” उहाँले भन्नुभयो ।

राष्ट्रिय परिचयपत्रमा व्यक्तिका व्यक्तिगत र जैविक विवरण प्रविष्ट हुने भएकाले यो बहुउपयोगी भएको र भविष्यमा अनिर्वाय जस्तै हुने भएकाले सबै नागरिकले विवरण भरेर बुझाउन प्रजिअ शर्माले आह्वान गर्नुभयो ।

यो पनि पढनुस !!

सूर्यविनायक नगरपालिकामा आइतबार आयोजित रुजु अधिकारीलाई अभिमुखीकरण कार्यक्रममा प्रजिअ शर्माले भन्नुभयो,“राष्ट्रिय परिचयपत्रले भविष्यमा राहदानी, नागरिकतालगायतको कार्य गर्ने भएकाले यसको महत्व धेरै रहेको छ र यो बहुउपयोगी रहेको छ । त्यसैले सबै नागरिकले अनिवार्य विवरण बुझाउनुपर्छ ।” अभिमुखीकरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारले राष्ट्रिय परिचयपत्रका विविध पक्षका बारेमा जानकारीसहितको प्रस्तुतिकरण दिँदै विवरण बुझाउँदा गलत विवरण बुझाउन नहुनेमा जोड दिनुभयो । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले विवरण सङ्कलन कार्यमा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, “नागरिकको व्यक्तिगत विवरणलाई व्यवस्थित गर्ने राष्ट्रिय परिचयपत्र अभियानलाई सफल बनाउन स्थानीय तहले आवश्यक सहयोग गर्नेछ ।” उहाँले हाल विवरण सङ्कलन अभियान जारी रहेको वडामा कर्मचारीको व्यवहारलगायतका गुनासो आएकाले त्यसलाई समाधान गर्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिका–२ का वडाध्यक्ष कमलनाथ आचार्यले विवरण सङ्कलनमा खटिएका कर्मचारीको व्यवहार जनमैत्री नभएको गुनासो गर्नुभएको थियो । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.