Nepal Jana Khabar
हरेक जनताको खबर
१५ बैशाख २०८३, मंगलवार
ट्रेनडिंग

चार जिल्ला जोड्ने केआइसिंह राजमार्ग खुलाउन काम सुरु

वर्षापछि पहिरो खस्दा अवरुद्ध भएको डडेल्धुरा–डोटी जोड्ने डा केआइसिंह राजमार्ग खुलाउन काम सुरु गरिएको छ

वर्षापछि पहिरो खस्दा अवरुद्ध भएको डडेल्धुरा–डोटी जोड्ने डा केआइसिंह राजमार्ग खुलाउन काम सुरु गरिएको छ ।

राजमार्गअन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ रडुवा नजिक सडक पहिराले भत्किएको थियो । करिब २०० मिटरजति सडक पहिराले भत्किएपछि राजमार्ग अवरुद्ध छ । राजमार्ग सञ्चालन गर्न आजदेखि डोजर भत्किएको ठाउँमा पुगेर काम सुरु गरिएको सडक डिभिजन कार्यालय डोटीले जानाएको छ ।

सडकमाथि ठूलो चट्टान छ । चट्टानभन्दा केही माथि गाउँ रहेको छ । चट्टान काटेर सडक बनाइने सडक डिभिजन कार्यालयको योजना भए पनि स्थानीयले काट्न दिएका थिएनन् । स्थानीयले काममा अवरोध गरेपछि आज चट्टानभन्दा मुनितिरबाट सडक बनाउन थालिएको कार्यालयले जनाएको छ ।

यो पनि पढनुस !!

चट्टानमुनितिरबाट सडक बनाउन निकै कठिन रहेको जनाइएको छ । खोलातिरको भाग भाँसिदै गएको छ भने माथिबाट चट्टान खस्ने सम्भावना भएकाले काम गर्न निकै गाह्रो भइरहेको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख सुदर्शन कार्कीले बताउनुभयो ।

आज बिहानदेखि सडक बनाउन थालिएको हो । पहिरो खसेको पूर्वसकायलतर्फबाट पनि डोजर लगाइने जनाइएको छ । तल नभाँसिएमा र माथिबाट पहिरो नखसे आज बेलुकी वा सोमबारसम्म राजमार्ग सञ्चालन हुने सम्भावना छ । नभए केही दिन अरु लाग्ने उहाँले बताउनुभयो ।

रडुवाखोलमा खसेको पहिराका कारण अहिले यात्रु रडुवाबाट माथिपट्टी गन्यापधुराको गाउँ भएर पैदल ओहोरदोहोर गरिरहेका छन् । पहिरो खसेको स्थानबाट पैदल आवतजावत पनि गर्न सकिएको छैन । डडेल्धुरालगायत अन्य स्थानबाट रडुवासम्म मात्रै गाडी सञ्चालनमा छन् । त्यहाँबाट सकायलसम्म पैदल हिँडेपछि डडेल्धुरा, डोटी, अछाम र बाजुरा जाने गाडी पाइने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.