Nepal Jana Khabar
हरेक जनताको खबर
१५ बैशाख २०८३, मंगलवार
ट्रेनडिंग

महङ्गो भाडा असुल गर्ने सवारीलाई कारबाही

चाडपर्वको मैका छोपी सार्वजनिक सवारीमा यात्रा गर्नेसँग महङ्गो भाडा असुल गर्ने १३ सवारीलाई प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले कारबाही गरेको छ

चाडपर्वको मैका छोपी सार्वजनिक सवारीमा यात्रा गर्नेसँग महङ्गो भाडा असुल गर्ने १३ सवारीलाई प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले कारबाही गरेको छ ।सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार ती सवारीलाई कारबाही तथा ५० यात्रुबाट लिइएका बढी भाडा फिर्ता गराइएको कार्यालयका सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।

यो पनि पढनुस !!

सो कार्यालयसहित मातहतको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा र महोत्तरीको संयुक्त पहलमा सुमो, हाइस र बस गरी १३ सार्वजनिक सवारीलाई कारबाही गरिएको जनाइएको छ । यसैबीच चाडपर्वलाई यस कार्यालय तथा मातहत कार्यालयबाट सवारी जाँच गर्दा मादक पदार्थ सेवन गरी चलाएका साना तथा ठूला गरी ५७ सवारीलाई कारबाही गरेको जनाएको छ । यसबाट रु ५७ हजार ५०० राजश्व सङ्कलन भएको जनाइएको छ । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.