Nepal Jana Khabar
हरेक जनताको खबर
१५ बैशाख २०८३, मंगलवार
ट्रेनडिंग

विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य रमेश महर्जनको निधन

विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य एवं नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका अध्यक्ष रमेश महर्जनको कोभिड–१९ का कारण निधन भएको छ

विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य एवं नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका अध्यक्ष रमेश महर्जनको कोभिड–१९ का कारण निधन भएको छ । कोभिड सङ्क्रमणपछि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत महर्जनको सोमबार निधन भएको विवेकशील पार्टीले जनाएको छ । आरबी डायमन्ड ज्वेलर्सका प्रबन्ध निर्देशकसमेत रहनुभएका महर्जन नेपाल श्रीलङ्का चेम्बर अफ कमर्सको अध्यक्ष पनि हुनुभएको थियो ।

यो पनि पढनुस !!

महर्जनको निधनप्रति विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सामाजिक सञ्जालमा पोष्ट गर्दै अत्यन्तै सफल व्यवसायी सामाजिक व्यक्तित्वको निधनले पार्टीका लागिमात्र नभई देशैका लागि अपूरणीय क्षति भएको बताउनुभएको छ । उहाँले लेख्नुभएको छ, “पार्टी निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुभएका महर्जन दुई वर्षभित्र म छोराछोरीलाई सबै व्यवसाय हस्तान्तरण गर्नु र पार्टीमा पूरै समय लगाउँछु”, भन्नुहुन्थ्यो समयले तपाईलाई पर्खिएन । तपाईको आत्मालाई चिरशान्ति र परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् ।”(रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.