Nepal Jana Khabar
हरेक जनताको खबर
१६ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

यात्रुलाई हवाई टिकट पाउन मुस्किल

नेपालीको मुख्य चाड दसैँ तथा तिहारमा हुम्लाबाट जिल्ला बाहिर जाने यात्रुलाई टिकट पाउनै मुस्किल भएको छ

नेपालीको मुख्य चाड दसैँ तथा तिहारमा हुम्लाबाट जिल्ला बाहिर जाने यात्रुलाई टिकट पाउनै मुस्किल भएको छ । हुम्लाबाट अन्तर जिल्ला जोड्ने एक मात्रै यातायातको साधन हवाई जहाज भएकाले दसैँं तिहार जस्ता ठूला चाडमा जिल्ला बाहिरिने यात्रुलाई टिकट पाउन मुस्किल हुने गरेको छ ।

अन्य जिल्ला बाहिरबाट रोजगारी तथा कामको सिलसिलामा हुम्ला पुगेका नागरिकलाई यो समय टिकट पाउन मुस्किल हुने गरेको गुनासो आउन थालेको छ । नेपालगञ्ज तथा सुर्खेत जानका लागि सिमकोट विमानस्थलमा बिहानको समयमा टिकटका लागि यात्रुको चाप बढी हुने भए पनि जिल्ला बाहिरिनेका लागि टिकट पाउन मुस्किल हुने गरेको छ ।

यो पनि पढनुस !!

दसँैंको समयमा नेपालगञ्ज तथा सुर्खेतबाट उडान भर्दै आएका निजी एयरलाइन्स सीता, तारा र समिटले कम उडान भरेका कारण यात्रुलाई टिकट पाउन मुस्किल भएको हो । अन्य समयमा सुर्खेत, नेपालञ्जबाट दैनिक १५ भन्दा बढी उडान भर्दै आएका निजी जहाजले यो समय एक दुई उडान भरेका कारण जिल्ला बाहिरिने यात्रुलाई टिकट पाउन मुस्किल हुने गरेको हो ।

दसँैं तिहारको समयमा एकैपटक ठूलो सङ्ख्यामा यात्रु बाहिरिने भएकाले विमानस्थलमा चाप बढ्नाका साथै टिकट पाउन मुस्किल हुने गरेको सिमकोट विमानस्थलले जनाएको छ । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.