Nepal Jana Khabar
हरेक जनताको खबर
१६ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

रु एक सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु एक सयले घटेर ९० हजार ६०० कायम भएको छ

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु एक सयले घटेर ९० हजार ६०० कायम भएको छ । छापावाल सुन आइतबार प्रतितोला रु ९० हजार ७०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला रु ९० हजार १५० मा कारोबार हुनेछ जुन आइतबार प्रतितोला रु ९० हजार २५० मा कारोबार भएको थियो ।

यो पनि पढनुस !!

महासङ्घका अनुसार आज चाँदीको मूल्य आइतबारको तुलनामा रु पाँचले बढेको छ । चाँदी आइतबार प्रतितोला रु एक हजार १७५ मा कारोबार भएको थियो भने आज प्रतितोला रु एक हजार १८० मा कारोबार हुनेछ । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.