Nepal Jana Khabar
हरेक जनताको खबर
१६ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

सामाजिक सुरक्षा भत्ता वितरण भएन

बागलुङमा सामाजिक सुरक्षा भत्ता पाउने लक्षित समूहले समयमा भत्ता नपाउँदा दशैंमा हात रित्तै भएका छन्

बागलुङमा सामाजिक सुरक्षा भत्ता पाउने लक्षित समूहले समयमा भत्ता नपाउँदा दशैंमा हात रित्तै भएका छन् । स्थानीय तहमार्फत वितरण हुने सो भत्ता जिल्लाका केही वडामा मात्रै वितरण भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालयबाट अख्तियारी ढिला प्राप्त हुने, बैंक तथा बित्तीय संस्थामा निकासा भैसकेको रकमसमेत लक्षित समूहलाई बाँड्न ढिला हुने लगायतका कारणले ती समूहले भत्ता नपाएका हुन् ।‘‘मेरो त दशैं खर्च नै त्यहि भत्ता हो तर आएन’’ जैमिनी नगरपालिका वडा नं. १ का ९० वर्षीया बसुन्धरा शर्माले भन्नुभयो ‘‘वर्षेनी यस्तै गर्छन्, दशैंमा सधैं हात खाली हुन्छ ।’’ उनीको बाँच्ने आधार नै सामाजिक सुरक्षा भत्ता हो । उहाँका अरु कोही छैनन् भने ज्याला मजदुरी गरेर खाने उमेर छैन् ।

नगरपालिकाले अख्तियारी ढिला आएका कारण बैंकमा पठाइएको भएपनि दशैं बिदाअघि लक्षित समूहका हातमा पु¥याउन कठिन रहेको बताएको छ । ‘‘हामीले बैंकको खातामा पठाईसकेका छौं, बैंकले पु¥याउँदै होला’’ प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले भन्न्ुभयो । जिल्लाको तमानखोला गाउँपालिकाले आइतबार मात्रै बैंकमा पैसा पठाएको छ । दशैं बिदा हुन दुइ दिन मात्रै बाँकी रहँदा सामाजिक सुरक्षा भत्ता बापतको रकम बैंकमा पठाइएकाले दशैं अघि लक्षित समूहले भत्ता पाउन नसक्ने गाउँपालिकाका कर्मचारीनै बताउँछन् । लेखा अधिकृतको सरुवा लगायतका कारणले समयमा निकासा दिन नसकेको गाउँपालिकाले जनाएको छ ।

यो पनि पढनुस !!

बागलुङ नगरपालिकाले पनि सामाजिक सुरक्षा भत्ता बाँडेको छैन् । भत्ताको आशामा लक्षित वर्ग बैंकमा धाए पनि नगरले भत्ता नपठाएको जवाफ पाउने गरेको गुनासो गर्छन् । खातामा पैसा आए दशैं बिदामै भएपनि भत्ता बाढ्ने बैंकले आश्वासन दिने गरेका छन् । दशैंका लागि खुद्रा बनाउने र दशैं खर्चको जोहो गर्ने गरेका जेष्ठ नागरिकका लागि भत्ता नै आधार हो ।

बागलुङको काठेखोला गाउँपालिकाले अधिकांश वडामा भने सामाजिक सुरक्षा भत्ता वितरण भएको छ । ढिलो भएपनि दशैं अघिनै सबैले भत्ता पाउनेगरी यही असोज १५ मा नै बैंकमा भत्ता पठाइएको प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले जानकारी दिनुभयो । बैंक तथा बित्तिय संस्था मार्फत वितरण हुने भत्ता सम्बन्धित व्यक्तिको खातामा पठाउन मात्रै दुइ दिन समय लाग्ने गरेको वडा अनुसारको जिम्मेवारी पाएका बैंक बताउँछन् । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.