Nepal Jana Khabar
हरेक जनताको खबर
१६ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

प्रदेश नं १ मन्त्रिपरिषद् बैठक– प्रदेश पर्यटन बोर्ड गठन

प्रदेश नं १ मन्त्रिपरिषद्को बैठकले प्रदेश पर्यटन बोर्डको गठन गरी ११ सदस्यीय कार्यसमिति सदस्य नियुक्त गरेको छ

प्रदेश नं १ मन्त्रिपरिषद्को बैठकले प्रदेश पर्यटन बोर्डको गठन गरी ११ सदस्यीय कार्यसमिति सदस्य नियुक्त गरेको छ । मुख्यमन्त्री तथा परिषद्को कार्यालयमा आइतबार राति बसेको बैठकले अध्यक्षमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव रहने व्यवस्था गरेको छ ।

यसैगरी सदस्यमा अर्थमन्त्रालयका अधिकृत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रनिनिधि, पर्यटन शाखाका प्रमुख, उद्योग, पर्यटन क्षेत्रका फणीन्द्र अधिकारी (विराटनगर), देवी गौतम (सुनसरी, भीमराज राई (सोलु), उमेश घिमिरे (धनकुटा), प्रेरणा थापा (इटहरी) र इन्दिरा श्रेष्ठ (विर्तामोर्ड) लाई नियुक्त गर्ने निर्णय गरेको उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लछुमन तिवारीले जानकारी दिनुभयो ।

यो पनि पढनुस !!

यस्तै बैठकले खुपु खोला जलविद्युत् आयोजनाको शेयर लगानी गर्ने सम्बन्धमा अर्थ मन्त्रालयको सैद्धान्तिक सहमतिअनुसार लगानी गर्ने निर्णय गरेको हो । बैठकले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा बाबा मेयाङ्वो (पाँचथर), सदस्य सचिवमा कृष्ण बस्नेत(पर्शुराम) विराटनगर र सदस्यमा भेषराज कार्की (सुनसरी, विल्भष घोष (सुनसरी, थलु राजभण्डारी (ओखलढुङ्गा) लाई नियुक्त गरेको छ ।

यसैगरी प्रदेश श्रम सल्लाहकारको उपाध्यक्षमा राजीव घिमिरे(झापा), सदस्यमा घिम घिमिरे (विराटनगर), सरोज श्रेष्ठ (धरान), सीमा उपाध्याय (मोरङ), रञ्जु सिग्देल (इटहरी), किशोर धमला (विराटनगर), अरुण थापा (विराटनगर), नारायणबाबु कार्की (मोरङ), सुनिता घिमिरे (मोरङ), टीका प्रसाई (सुनसरी), निलम साह सोनारलाई (मोरङ) नियुक्त गरेको मन्त्री तिवारीले जानकारी दिनुभयो । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.