Nepal Jana Khabar
हरेक जनताको खबर
२१ बैशाख २०८३, सोमबार
ट्रेनडिंग

शहीद स्तम्भमा मन्त्रीको माल्यापर्ण

नेकपा(माओवादी केन्द्र)का तर्फबाट सरकारमा सहभागी हुनुभएका मन्त्रीहरूले आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा रहेको शहीद तथा बेपत्ता स्मृति स्तम्भमा माल्यापर्ण गर्नुभएको छ

नेकपा(माओवादी केन्द्र)का तर्फबाट सरकारमा सहभागी हुनुभएका मन्त्रीहरूले आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा रहेको शहीद तथा बेपत्ता स्मृति स्तम्भमा माल्यापर्ण गर्नुभएको छ

माओवादीले शहीद तथा बेपत्ताको स्मृतिमा पार्टी कार्यालयमा शहीद स्तम्भ निर्माण गरेको छ । माओवादीका तर्फबाट शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले शहीद स्तम्भमा माल्यापर्ण गर्नुभएको हो ।

यो पनि पढनुस !!

उहाँहरूले शहीद स्तम्भमा माल्यापर्ण गर्दै देश र जनताको पक्षमा इमान्दार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । माओवादीले वर्तमान सरकारमा एक राज्यमन्त्रीसहित पाँच मन्त्री पाएको छ । माओवादीले पाएका मन्त्रालयमध्ये यसपटक महिलालाई ५० प्रतिशतको हिस्सा दिएको छ ।

माओवादीका तर्फबाट सरकारमा पम्फा भुसालले नेतृत्व गर्नुहुनेभएको छ । माओवादीका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा भुसाल, अर्थमन्त्रीमा जनार्दन शर्माले जिम्मा पाउनुभएको छ । माओवादीले महिला, जनजाति, आदिवासी र शहीद परिवारलाई राजकीय जिम्मेवारी दिएको छ ।
–––

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.