Nepal Jana Khabar
हरेक जनताको खबर
१२ श्रावण २०८२, आईतवार
ट्रेनडिंग

त्रिशूली देवी मन्दिर सर्वसाधारणका लागि खोलियो

बडादसैँको घटस्थापनासँगै महोत्तरीको जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको त्रिशूली देवीको मन्दिर आजदेखि सर्वसाधारणको दर्शन तथा पूजाआजाका लागि खोलिएको छ

बडादसैँको घटस्थापनासँगै महोत्तरीको जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको त्रिशूली देवीको मन्दिर आजदेखि सर्वसाधारणको दर्शन तथा पूजाआजाका लागि खोलिएको छ ।

प्रत्येक वर्ष केवल दसैँको १० दिनमात्रै खुला रहने यो मन्दिरमा घटस्थापनाको दिनदेखि सर्वसाधारणको दर्शन तथा पूजाआजाका लागि मन्दिर खोलिएको मन्दिरका पुजारी उपेन्द्र पाठकले बताउनुभयो ।

यो पनि पढनुस !!

मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । त्रिशूल धारण गरेकी त्रिशूली देवी भवानीको मन्दिर वर्षभरि खोलिदैन भने उनको प्रतिमा वर्षभरि कसैले हेर्न वा छुन पाउँदैनन् । दसैँमा पुजारीले उनको १० दिनसम्म विशेष पूजाआजा गर्ने, सर्वसाधारणले माताको दर्शन गर्न पाउने र भेटीसमेत चढाउन पाउने व्यवस्था रहेको पुजारी पाठकले बताउनुभयो । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.