Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान नगर्ने

नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसपटक नगर्ने भएको छ

नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसपटक नगर्ने भएको छ । नेपाली कांगे्रसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दै वर्तमान सरकारले खोपको व्यापक प्रबन्ध गरेपछि महामारीको त्रास र आकार घट्दै गए पनि जोखिमलाई नजरअन्दाज गर्न नमिल्ने भन्दै चियापान कार्यक्रम नगर्ने निश्चित गरेको जनाउनुभएको छ ।

यो पनि पढनुस !!

हिमाल शर्मा एक जिउँदा शहिद।

विज्ञप्तिमा खोप अभियान सफल बनाउन जुट्नु र जनताको जीवनरक्षामा समर्पित रहनु हामी सबैको कर्तव्य भएको उल्लेख छ । पर्व मनाइरहँदा कोरोनाको महामारीबाट आफू र आफ्नो परिवारलाई जोगाउन उच्च सतर्कताका लागि पनि अपिल गरिएको छ । महामारीमाथि विजय हासिल गर्न चाँडै नै सफल हुने विश्वास व्यक्त गर्दै कांग्रेसले स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी–दाजुभाइमा बडादसैँ, तिहार, नेपाल संवत् र छठपर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेको छ । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.