Nepal Jana Khabar
हरेक जनताको खबर
१६ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

संसद्मा प्रतिपक्षी दलको अवरोध कायमै

प्रतिनिधिसभाको बैठक आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरोेधका कायमै राख्दा सुचारु हुन सकेन

प्रतिनिधिसभाको बैठक आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरोेधका कायमै राख्दा सुचारु हुन सकेन । बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दल एमालेका सांसदले ‘रोस्ट्रम’ घेराउ गर्दै नाराबाजी गर्नुभएको थियो ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी सदनको नियमित प्रक्रियामा सहभागी भइ आफ्ना कुरा राख्न प्रतिपक्षी दलका सांसदसंग आग्रह गर्नुभएको थियो । उहाँले अदालतमा विचाराधीन विषयमा सदनमा छलफल हुन नसक्ने कुरा प्रतिनिधिसभा नियमावलीमा व्यवस्था रहेको समेत स्मरण गराउनु भएको थियो ।

यो पनि पढनुस !!

प्रतिपक्षी दलको अवरोधकै बीचमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट “राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन, २०७६÷७७” पेश गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असोज २२ गते शुक्रबार दिन १ बजे बस्नेछ । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.