Nepal Jana Khabar
हरेक जनताको खबर
१६ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

मुख्यमन्त्री र बेलायती विशेष दूतबीच भेटवार्ता

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र बेलायती प्रधानमन्त्रीका बाल शिक्षा हेर्ने विशेष दूत हेलेन ग्रान्टबीच भेटवार्ता भएको छ

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र बेलायती प्रधानमन्त्रीका बाल शिक्षा हेर्ने विशेष दूत हेलेन ग्रान्टबीच भेटवार्ता भएको छ । बेलायती सांसदसमेत रहेकी विशेषदूत ग्रान्ट र मुख्यमन्त्री शाहीबीच आज भएको भेटवार्तामा कर्णालीको बालिका शिक्षा र महिला सशक्तिकरणका विषयमा छलफल भएको भएको थियो । सोही क्रममा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको शिक्षा र स्वास्थ्यका साथै विकासमा बेलायती सरकारको सहयोग रहेको र अगामी दिनमा पनि जारी रहने बताउनुभयो ।

यो पनि पढनुस !!

विशेष दूत ग्रान्टले कर्णाली प्रदेशको समग्र विकासमा आफ्नो सहयोग रहने जानकारी दिनुभयो । सो अवसरमा मुख्यमन्त्री शाहीसँग बेलायती दुतावासका विकास निर्देशक नाथानेल बेभेन, (एफसिडिओ)का दक्षिण एशिया बालिका शिक्षा सल्लाहकार इयान एटफिल्ड, बेलायती दुतावासअन्तरगत रहेको सुसंगतता एकाई (कोहरेन्स युनिट)का कर्णाली तथा सुदुरपश्चिम प्रदेश प्रमुख पदम विश्वकर्मालगायतको सहभागिता रहेको थियो । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.