Nepal Jana Khabar
हरेक जनताको खबर
१६ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

नेप्सेमा गिरावट, कारोबार रकम पनि घट्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज छ अङ्क बढीले ओरालो लागेको छ

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज छ अङ्क बढीले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ६८ अङ्कले घटेर दुई हजार ५७० दशमलव ८१ अङ्कमा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २८ अङ्कले घटेर ४८४ दशमलव ९८ अङ्कमा पुगेको छ । नेप्से परिसुचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ ।

कूल २२७ कम्पनीको ७६ लाख ५३ हजार २२० कित्ता शेयर रु तीन अर्ब ६२ करोड ७७ लाख ९९ हजार ९३५मा खरिद बिक्री भएको छ । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज चार उपसमूहका शेयर उकालो लागेका छन् । होटल तथा पर्यटन १२ दशमलव ८, जीवन बीमा पाँच दशमलव ६२, लघुवित्त ७२ र अन्य २१ दशमलव ६१ अङ्कले बढेका छन् ।

यस्तै बैंकिङ् तीन दशमलव ८८, विकास बैंक ८६ दशमलव ४, वित्त ५२ दशमलव ९३, जलविद्युुत् ६५ दशमलव ०८, लगानी शून्य दशमलव ६४, उत्पादन ३२ दशमलव ४३, सामूहिक लगानी कोष शून्य दशमलव १०, निर्जीवन बीमा १३ दशमलव १७ अङ्कले घटेका छन् ।

यो पनि पढनुस !!

कारोबारका आधारमा आज युनाइटेड मोदी हाईड्रोपावर लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १२ करोड १२ लाख १६ हजार ७७४ मूल्य बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै नेपाल बैंक लिमिटेड रु ११ करोड ३५ लाख १४ हजार ९८६, हिमालयन डिस्टिलरी रु १० करोड २९ लाख ९६ हजार ८३९, नेशनल हाईड्रोपावर रु नौ करोड ५४ लाख १३ हजार ६७८ र रैराङ्ग हाईड्रोपावर रु नौ करोड २२ लाख ७४ हजार ३१ मूल्यमा कारोबार भई शीर्ष पाँच स्थानमा रहेका छन् ।

नेप्सेका अनुसार कारोबारका आधारमा आशा लघुवित्त वित्तीय संस्था कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यस्तै मैलुङ खोला जलविद्युत् कम्पनी, सपोर्ट लघुवित्त, मिथिला लघुवित्त, महिला लघुवित्तका लगानीकर्ताले नौ प्रतिशत भन्दा बढीले कमाएका छन् ।

आजको कारोबारमा मनकामना स्मार्ट लघुवित्त नौ दशमलव ३८, दिव्यश्वरी हाईड्रोपावर सात दशमलव १९ राधि विद्युत् कम्पनी छ दशमलव ५७, माउण्टेन हाइड्रोपावर छ दशमलव २३ र ङादी ग्रुप पावर लिमिटेडका लगानीकर्ताले छ दशमलव ०८ प्रतिशतले गुमाए ।शेयर कारोबार हुने साताको दोस्रो दिनमा आइपुग्दा बजार पूँजीकरण घटेर रु ३५ खर्ब ९८ अर्ब ६८ करोड ६८ लाख ८० हजारको हाराहारीमा ओर्लेको छ । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.