Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

इथियोपियाका प्रधानमन्त्री अबिद्वारा नयाँ कार्यकालका लागि शपथ

इथियोपियाका प्रधानमन्त्री अबी अहमदले सोमबार नयाँ कार्यकालका लागि शपथ ग्रहण गरेका छन्

इथियोपियाका प्रधानमन्त्री अबी अहमदले सोमबार नयाँ कार्यकालका लागि शपथ ग्रहण गरेका छन् ।
गत जुनमा भारी मतान्तरले चुनाव जितेका प्रधानमन्त्री अबीले नयाँ कार्यकाल (पाँच वर्षको) लागि सोमबार शपथ लिएका हुन् । जुन महिनामा प्रधानमन्त्रीमा अत्यधिक मतले विजयी भएपनि उनको सरकारले टिग्रेइको उत्तरी क्षेत्रमा लामो द्वन्द्वलगायत अनेक चुनौतीहरूको सामना गर्नुपरेको छ।
अबीले सर्वोच्च अदालतका प्रधान न्यायाधीश मेजा आशेनाफीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।
संसद्को तल्लो सदनका सभामुख र उपसभामुखले पनि सोमबार शपथ लिएका छन् । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.