Nepal Jana Khabar
हरेक जनताको खबर
१६ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

खेलाडी छनोट

सुदूरपश्चिम खेलकूद परिषद्को आयोजनामा कैलालीको धनगढीमा यही असोज २० देखि २३ गतेसम्म सञ्चालन हुने प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि बझाङबाट पुरुष भलिबल खेलाडी छनोट गरिएको छ

सुदूरपश्चिम खेलकूद परिषद्को आयोजनामा कैलालीको धनगढीमा यही असोज २० देखि २३ गतेसम्म सञ्चालन हुने प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि बझाङबाट पुरुष भलिबल खेलाडी छनोट गरिएको छ ।

यो पनि पढनुस !!

जिल्लाभरिका १२ वटै स्थानीय तहबाट आएका खेलाडीबीच सदरमुकाम चैनपुरमा भलिबल प्रतियोगिता गराइ खेलाडी छनोट गरिएको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष पुष्पलाल रोकायाले जानकारी दिनुभएको छ । उत्कृष्ट नौ खेलाडी छनोट गरी उनीहरुकै टिम बनाइएकोे छ । जिल्ला खेलकूद समितिका अनुसार छनोट भएका खेलाडीमा दिनेश शाही, सन्दिप शाही, सुरेस मल्ल, शिरिषसिंह धामी, विकाससिंह, अनिलसिंह, रवीन्द्रसिंह, दिनेश धामी र प्रशान्त कठायत छनोट भएका छन् । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.