Nepal Jana Khabar
हरेक जनताको खबर
१६ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

अर्गानिक उत्पादनलाई एकीकृत गर्दै अन्नपात एग्रो

स्थानीय किसानको उत्पादनलाई प्रवद्र्धन गर्ने र अर्गानिक स्वादलाई एकीकृत गर्दै बजारीकरण गर्ने उद्देश्यसहित पोखरामा अन्नपात एग्रो सञ्चालनमा आएको छ

स्थानीय किसानको उत्पादनलाई प्रवद्र्धन गर्ने र अर्गानिक स्वादलाई एकीकृत गर्दै बजारीकरण गर्ने उद्देश्यसहित पोखरामा अन्नपात एग्रो सञ्चालनमा आएको छ ।

सामाजिक उद्यमका रुपमा स्थापित गरी स्थानीय किसानसँगको प्रत्यक्ष सहभागितामा उनीहरुको उत्पादनलाई सङ्कलन, प्रशोधन र बजारीकरण गर्ने उद्देश्यका साथ अन्नपात एग्रो प्रालि सञ्चालमा ल्याइएको कम्पनीका प्रबन्ध निर्देशक रामबहादर रानाले जानकारी दिनुभयो ।

कम्पनीले सामाजिक उद्यमअन्तर्गत मुनाफा कमाउने उद्देश्य मात्र नराखी मानिस र स्थानीय समुदायलाई केन्द्रमा राख्दै भूपरिधिस्तरीय ब्राण्ड प्रयोग गरी आफ्नो खुद मुनाफाको तीनदेखि सात प्रतिशत जैविव विविधता संरक्षणमा पनि लगानी गर्ने जनाएको छ । “दिगो रुपमा गुणस्तरीय खाद्यान्न उपलब्ध गराउँदै उत्पादन क्षेत्रमा किसानलाई प्रोत्साहन तथा हौसला प्रदान गर्दै जैविक विविधताको दिगो व्यवस्थापन पनि हामी कटिवद्ध छौं”, रानाले भन्नुभयो ।

उहाँले पर्यावरणमैत्री खाद्यान्नलाई बजारमा स्थापित गर्दै दिगो स्थानीय क्षेत्रीय खाद्य केन्द्रको निर्माण गर्ने कम्पनीको लक्ष्य रहेको जानकारी दिनुभयो । कम्पनीका सुभपरभाइजर हरि पौडेलले अन्नपातले किसान तथा सहकारीलाई पर्यावरणीय कृषिका असल अभ्यासको प्रयोगमा सहयोग पु¥याउनाका साथै पोषणयुक्त स्वस्थ र पर्यावरणमैत्री खाद्य उत्पादन प्रवद्र्धनका लागिसमेत उचित वातावरण बनाउन पहल गर्ने बताउनुभयो ।

यो पनि पढनुस !!

उहाँका अनुसार यहाँको ब्राण्ड बनेको जलाधार क्षेत्रमा उत्पादित बास्नादार पोखरेली जेठाबुढो, औषधियगुण भएका रातो अनदी पोषणयुक्त कागुनो, प्राङ्गारिक मह तथा अन्य उत्पादन कफी मसलाजन्य उत्पादन अदुवा, बेसार, टिमुर, च्याउ, मह, दाल, तले, ताजा तरकारी, फलफूललगायत विभिन्न खाद्यसामग्री उपभोक्ता माझ ल्याइने छ ।

कम्पनीका वित्तीय सल्लाहकार शशीभूषण प्रधानले अनलाइबाट अर्डर गर्नसक्ने प्रविधिमैत्री व्यवस्था पनि मिलाइएको जानकारी दिनुभयो । उहाँका अनुसार देशका विभिन्न क्षेत्रमा स्थान अनुसार स्वाद र गुणस्तरका लागि प्रसिद्ध सामग्रीलाई एकीकृत रूपमा उपलब्ध गराइने छ ।

कम्पनीको अध्यक्ष बेनीबहादुर बस्नेतका अनुसार कम्पनीमा विविध क्षेत्रका व्यक्ति विशेष गरी कृषि, प्राकृतिक स्रोत व्यवस्थापन, कृषि उत्पादन, वित्तीय संस्था र उद्यमीलगायत ४७ शेयर सदस्यको संलग्नता रहेको छ । कम्पनीमा रु दुई करोड ७५ लाख लगानी रहेको छ । स्थानीय सरकार र प्रदेशसरकारसँग समन्वय गर्दै सामग्रीको बजारीकरणमा कम्पनीले कार्य गर्ने बस्नेतले बताउनुभयो । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.