Nepal Jana Khabar
हरेक जनताको खबर
१६ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

जिपले ठक्कर दिँदा पाँच छात्रा सख्त घाइते

आज दिउँसो डबल क्याप जिपले ठक्कर दिँदा पाँच छात्रा सख्त घाइते भएका छन्

आज दिउँसो डबल क्याप जिपले ठक्कर दिँदा पाँच छात्रा सख्त घाइते भएका छन् । सल्यान रुकुम सडक खण्डअन्तर्गत बरलामा सडक छेउमा बसिरहेका पाँचै जनालाई लु२च ५७०१ नंको जिपले ठक्कर दिँदा शारदा नगरपालिका–६ बरला बस्ने मीना परियार, सोही ठाउँका रेखा बुढाथोकी, सुशिला नेपाली, दीपा बुढाथोकी र सुनिता नेपाली भएकोे जिल्ला इलाका प्रहरी कार्यालय शीतलपाटीले जनाएको छ ।
शिवजन माविमा कक्षा १२ मा अध्ययनरत ती छात्रा सडकको छेउमा बसिरहेका बेला तीव्र गतिमा आएको जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाइ छ । घाइतेहरुको छाती तथा मुखमा चोट लागेको र अवस्था जटिल भएकाले उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

यो पनि पढनुस !!

जिपमा सवार चारजना भने सकुशल थिए । जिप सडकभन्दा १० मिटर तल खसेको थियो । दुर्घटनापछि जिप चालक शारदा नगरपालिका–४ निवासी टङ्कबहादुर वली फरार रहेकाले उनको खोजी भइरहेको प्रहरी नायब निरीक्षक लीलाराम चन्दले जानकारी दिनुभयो । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.