Nepal Jana Khabar
हरेक जनताको खबर
२१ बैशाख २०८३, सोमबार
ट्रेनडिंग

बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परिचयपत्र

सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएका व्यक्तिका पीडित परिवारले परिचयपत्र पाउने भएका छन्

सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएका व्यक्तिका पीडित परिवारले परिचयपत्र पाउने भएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको टोलीले आइतबार जिल्ला प्रशासन कार्यालयमा पीडित परिवारलाई परिचयपत्र दिने भएको हो ।

दशवर्षे सशस्त्र द्वन्द्वका क्रममा सुर्खेतका ५६ व्यक्ति बेपत्ता भएको तथ्याङ्क छ । पीडितपरिवारलाई परिचयपत्र प्रदान गर्न आयोगका सदस्य विश्वप्रकाश भण्डारी नेतृत्वको टोली सुर्खेत आउँदैछ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श्रीशम्शेर रानाले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा परेका उजुरीको सूचीमा नाम समावेश भएका पीडितपरिवारलाई परिचयपत्र वितरण गर्न लागिएको जानकारी दिनुभयो ।

यो पनि पढनुस !!

जिल्ला प्रशासन कार्यालयले परिचयपत्र लिन सूचित गर्दै बेपत्ता पारिएका व्यक्ति, उनीहरुका बाबुआमाको नाम, ठेगाना, बेपत्ता पारिएको स्थान र मितिसहितको विवरण सार्वजनिक गरेको छ

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.