Nepal Jana Khabar
हरेक जनताको खबर
१६ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

तिलोत्तमामा रेविजविरुद्धको निःशुल्क खोप अभियान

तिलोत्तमा नगरपालिकाले रेविजविरुद्धको निःशुल्क खोप अभियान सञ्चालन गरेको छ

तिलोत्तमा नगरपालिकाले रेविजविरुद्धको निःशुल्क खोप अभियान सञ्चालन गरेको छ ।

विश्व रेविज दिवस २०७८ को अवसरमा पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय लुम्बिनी प्रदेशको सहकार्यमा नगरपालिकाले १७ वटै वडामा सो अभियान सञ्चालन गरेको हो ।

यही असोज १२ गतेदेखि सुरु भएको रेविजविरुद्धको निःशुल्क खोप अभियान असोज १८ गतेसम्म चल्ने छ । असोज १२ गते वडा नं १, २ र ५ तथा १३ गते वडा नं ३, ४ र ६ मा खोप अभियान सम्पन्न भइसकेकोे छ भने असोज १४ गते वडा नं ८, ११ र १२, १५ गते वडा नं ९ र ७, १६ गते वडा नं १३ र १४, १७ गते वडा नं १० र १७ तथा १८ गते वडा नं १५ र १६ मा यो अभियान सञ्चालन हुने नगरपालिका पशु शाखाका प्रमुख राजु कुँवरले जानकारी दिनुभयो ।

समुदायमा छाडा छोडिएका कुकुरलाई मुख्य प्राथमिकतामा राखेर रेविज विरुद्धको खोप अभियान चलाइएको र दोस्रो प्राथमिकतामा घरपालुवा कुकुरलाई खोप लगाइने उहाँले बताउनुभयो ।

रेविज विरुद्धको खोप अभियानमा नगरपालिकाअन्तर्गत पशु शाखाका प्राविधिक खटिएका छन् । रेविजरोग कुकुर तथा अन्य जङ्गली जनावरको टोकाइबाट मानिसमा सर्ने प्राणघातक रोग हो । रेबिज सङ्क्रमित जनावरले टोक्दा ¥यालबाट मानिसको शरीरभित्र भाइरस प्रवेश गर्ने गर्छ । यो रोग लागेको व्यक्तिमा ज्वरो आउने, घाउ भएको ठाउँमा दुख्ने, झम्झमाउने, घोचे, पोले जस्तो हुने, भाइरस मस्तिष्कसम्म पुगेपछि मस्तिष्क तथा स्नायु सुनिने, पानीदेखि डराउनेलगायत लक्षण देखिन्छ ।(रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.