Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

कारागारमा कैदीहरुबीच भएको झडपमा २४ को मृत्यु, ४२ घाइते

इक्वेडरको एक कारागारमा भएको झडपमा परेर कम्तीमा पनि २४ जना कैदीको ज्यान गएको बताइएको छ

इक्वेडरको एक कारागारमा भएको झडपमा परेर कम्तीमा पनि २४ जना कैदीको ज्यान गएको बताइएको छ । यहाँको कारागारमा राखिएका कैदीहरुबीच भएको झडपमा उनीहरु मारिएका हुन् ।
त्यस क्रममा अरु ४२ जना घाइते भएका छन् ।

घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार यहाँको समुन्द्रीय तटीय नगर गाकुइलमा रहेको जेलमा सो झडप भएको थियो । यहाँको राष्ट्रिय प्रहरीले ती कैदीहरुबीच के कति कारणले झडप भएको हो भन्ने बारेमा अनुसन्धान जारी रहेको जनाएको छ । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.