Nepal Jana Khabar
हरेक जनताको खबर
७ भाद्र २०८३, आईतवार
ट्रेनडिंग

विश्वबाट आणविक हतियार उन्मूलन गर्न राष्ट्रसंघीय महासचिवको आग्रह

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले आणविक हतियाररहित विश्व निर्माण गर्न विश्व समुदायलाई आग्रह गर्नुभएको छ

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले आणविक हतियाररहित विश्व निर्माण गर्न विश्व समुदायलाई आग्रह गर्नुभएको छ । उहाँले विश्व आणविक हतियारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सो कुरा बताउनुभएको छ ।

उहाँले आणविक हतियारहरु विश्वबाट नै अनिवार्य रुपमा उन्मूलन हुनुपर्नेमा जोड दिनुभयो । महामसचिव गुटर्रेसले भन्नुभएको छ यो हतियार मानवताविरुद्धको र घातक भएकोले विश्वबाट नै आणविक हतियारहरु उन्मूलन हुनुपर्नेमा जोड दिनुभएको हो । तर अहिले पनि आणविक हतियारहरु विश्वमा अहिले पनि एक चुनौतीका रुपमा रहेको पनि उहाँले बताउनुभएको छ ।

यो पनि पढनुस !!

उहाँले गएको एक दशक यता विश्वबाट नै आणविक हतियारहरु घट्दो रुपमा रहेको पाइएको भए पनि यसको संख्या अझै पनि विश्वमा कम्तीमा पनि १४ हजार जति रहेको उहाँले बताउनुभयो । तर यो पनि अहिलेको विश्वका लागि घातक नै रहेको पनि उहाँले बताउनुभएको छ । त्यसैले यी सबै हतियारहरु विश्वबाट नै उन्मूलन गर्नेगरी काम गर्नुपर्ने चुनौती संयुक्त राष्ट्रसंघसमक्ष रहेको बताउनुभयो । उहाँले संयुक्त राष्ट्रसंघले यसको स्थापनादेखि नै यस्ता हतियार उन्मूलन गर्ने कार्यक्रममा काम गरिरहेको पनि स्पष्ट गर्नुभएको थियो । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.