Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

अफगानिस्तानको सहयोगका लागि पाकिस्तानी प्रधानमन्त्रीको आग्रह

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न विश्व समुदाय परिचालन गर्न सयुक्त राष्ट्रसंघलाई आग्रह गर्नुभएको छ

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न विश्व समुदाय परिचालन गर्न सयुक्त राष्ट्रसंघलाई आग्रह गर्नुभएको छ । पाकिस्तानका प्रधानमन्त्री खानले अफगानिस्तानलाई सहयोग गर्न सयुक्त राष्ट्रसंघमार्फत् विश्व समुदाय समक्ष आग्रह गर्नुभएको प्राप्तमा समाचारमा जनाइएको छ ।

उहाँले सयुक्त राष्ट्रसंघको ७६ औं महासभालाई सम्बोधन गर्दै सो आग्रह गर्नुभएको हो । उहाँले सयुक्त राष्ट्रसंघको ७६ औ सभालाई शनिबार भर्चुअल माध्यमबाट सम्बोधन गर्नुभएको थियो । उहाँले अहिले अफगानिस्तानको अवस्था निकै गम्भीर भइसकेको भन्दै यस देशलाई सहयोग गर्न अब पनि पछि पर्ने हो भने यसबाट विश्व समुदायलाई नै पछि पछुतो हुने पनि बताउनुभएको हो ।

उहाँले अहिले अफगानिस्तानमा मानवीय सहयता चाहिएको र देशको आर्थिक अवस्था पनि निकै गम्भीर रहेकाले आगामी दिनमा यो संवेदनशीलता बुझेर विश्व समुदायले सहयोग गर्नुपर्ने उहाँको भनाई थियो । उहाँले सो सम्मेलनलाई गर्नुभएको सम्बोधनमा भन्नुभएको छ– यदि अहिले नै हामीले अफगानिस्तानको अप्ठेरो अवस्था बुझ्न सकेनौँ, मनन गर्न सकेनौँ भने अर्काे वर्षसम्ममा अफगानिस्तानको अवस्था निकै नै गम्भीर भइसक्ने छ ।

उहाँले अर्काे वर्ष सम्ममा अफगानिस्तानका कम्तीमा पनि ९० प्रतिशत नागरिक गरिबीको रेखामुनि परिसक्ने पनि उहाँले बताउनुभयो । उहाँले यहाँको अवस्था निकै नै बिग्रिँदो रहेको र अहिले पनि देश आर्थिक रुपमा कमजोर हुदै गएकाले यस विषयमा सबैले चनाखो भएर काम गर्नुपर्ने पनि बताउनुएको थियो । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.