Nepal Jana Khabar
हरेक जनताको खबर
१७ बैशाख २०८३, बिहीबार
ट्रेनडिंग

बिउ जोगाउने अभियान

स्थानीय तहको निर्वाचनपछि कृषि विकास कार्यालय खारेजीमा पर्दा लोप हुन लागेका खाद्यबालीको बिउ जोगाउन कृषि ज्ञान केन्द्रले अभियान थालेको छ

स्थानीय तहको निर्वाचनपछि कृषि विकास कार्यालय खारेजीमा पर्दा लोप हुन लागेका खाद्यबालीको बिउ जोगाउन कृषि ज्ञान केन्द्रले अभियान थालेको छ ।

किसानले हरेक वर्ष घरमै उत्पादन गरेको बिउ राख्दा उत्पादन घट्दै गएको थियो । विशेषगरी धान खेतीको बिउ घरायसीरुपमा राख्दा उत्पादन घटेकामा यो वर्षदेखि बढाउने काम थालिएको केन्द्र प्रमुख भानुभक्त भट्टराईले बताउनुभयो ।

“एउटै बिउबाट हरेक वर्ष उत्पादन लिने र फेरि त्यही बिउ प्रयोग गर्दा उत्पादन घट्ने गर्छ”, भट्टराइले भन्नुभयो, “किसानलाई यो कुरा बुझाइदिने कोही थिएन, अहिलेमात्रै हामीले बुझाएर बिउ नयाँ वितरण गरेका छौँ ।”

बागलुङमा २०७२ सालपछि नयाँ प्रजातिको धानको बिउ वितरण भएको थिएन । चालू वर्ष भने किसानलाई कृषि अनुसन्धान केन्द्र लुम्लेमा उत्पादित बिउ ल्याएर वितरण गरिएको उहाँले बताउनुभयो ।

यो पनि पढनुस !!

लगातार धेरै वर्षसम्म एउटै बिउ प्रयोग गर्दा धानको पराल छोटो हुने, उत्पादन घट्ने लगायतको समस्या हुने गरेको भट्टराईको भनाइ छ । बागलुङमा राधा ७ र राधा ९, पोखरेली तथा जेठो बुढो धान बढी लगाइने गरिएको छ । बेँसी क्षेत्रमा राधा ४ र सावित्री धान पनि लगाइने गरिएको छ । कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार बागलुङमा २२ हजार ५०० मेट्रिकटन धान फल्ने अनुमान छ । यसअघिको तुलनामा चालू वर्ष अझै बढ्ने उहाँले बताउनुभयो । वर्षात्ले धानका लागि समय अनुकूल भएको हो ।

त्यस्तै किसानको आफ्नै पहलमा उत्पादन भइरहेको मूलाको बिउलाई अझै बढाउने र बजारीकरणमा पनि कार्यालयले काम थालेको छ । जैमिनी नगरपालिकामा मूलाको बिउ उत्पादन हुन्छ । चालू वर्ष आलुखेतीसमेत बढाउन पहल भएको सूचना अधिकारी कुमार पुनले बताउनुभयो ।

बागलुङको ताराखोलामा उत्पादन बढे पनि मौसमी समस्याले आलु कुहिएको थियो । कार्यालयले ड्याङ बनाएर मात्रै आलु उत्पादन गर्न सुझाव पनि दिएको छ । साथै एक वर्षमा बागलुङमा २१० मेट्रिकटन आलु फलेको छ । त्यसका लािग तीन हजार केजी आलु लगाइएको थियो ।

कृषि ज्ञान केन्द्र बागलुङको आलु प्रवद्र्धनात्मक कार्यक्रममार्फत उक्त उपलब्धि भएको हो । कृषि ज्ञान केन्द्र बागलुङले आर्थिक वर्ष २०७७÷०७८ का कार्यक्रममा ८० देखि ९० प्रतिशतसम्म उपलब्धिको दाबी गरेको छ । गत वर्ष सञ्चालित आलु प्रवद्र्धन विशेष कार्यक्रममा ९९ दशमलव ४७ प्रतिशत उपलब्धि गरेको कार्यालयको तथ्याङ्क छ । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.