Nepal Jana Khabar
हरेक जनताको खबर
१४ श्रावण २०८२, मंगलवार
ट्रेनडिंग

स्वास्थ्य सामग्री वितरण

‘मानवीय सेवामा अनेकौँ प्रयास’ नामक एक गैरसरकारी संस्थाले कोरोना माहामारीका कारण लामो समयपछि सञ्चालन भएका जिल्लाका विभिन्न विद्यालयमा रु चार लाख ५० हजार बराबरको स्वास्थ्य सामग्री वितरण गरेको छ

‘मानवीय सेवामा अनेकौँ प्रयास’ नामक एक गैरसरकारी संस्थाले कोरोना माहामारीका कारण लामो समयपछि सञ्चालन भएका जिल्लाका विभिन्न विद्यालयमा रु चार लाख ५० हजार बराबरको स्वास्थ्य सामग्री वितरण गरेको छ ।

आदर्श गाउँपालिकामा रहेका नमादेव मावि साउदकाँडा, कालीभैरव मावि कोटाञ्जर, प्रभात मावि देहिमाण्डौँ, लक्ष्मी मावि काँडी र कालिकास्थान माविलाई सर्जिकल मास्क र स्यानिटाइजर वितरण गरिएको हो । कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरण होस् भनेर उक्त गाउँपालिकाका पाँच विद्यालय र त्यहाँको स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिनुभयो ।

यो पनि पढनुस !!

सरकारको नियमित खोप तालिका

उक्त संस्थाद्वारा सञ्चालित कोभिड–१९ रिलिफ सपोर्ट र केयर एण्ड रिलिफ परियोजनाअन्तर्गत स्वास्थ्य सामग्री वितरण गरिएको संस्थाले जनाएको छ । यसैगरी उक्त संस्थाले आदर्श–५ मा रहेको लामिखाल स्वास्थ्यचौकीमा सात लिटरको अक्सिजन कन्सन्ट्रेटर, नेबुलाइजर, थर्मलगन, अक्सिपल्स मेसिन र दुई थान पिपिइ सेट वितरण गरिएको छ । मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य सामग्रीले कोरोनाबाट मात्र नभई अन्य रोगबाट पनि बचाउने भएकाले शिक्षक, विद्यार्थीको प्रयोगका लागि उक्त सामग्री अतिउपयोगी भएको लामिखाल स्वास्थ्यचौकीका इन्चार्ज महेन्द्र सिंहले बताउनुभयो ।

विद्यालयले किनेर वितरण गर्न नसकेको अवस्थामा साइन नेपालले प्रदान गरेका स्वास्थ्य सामग्रीले विद्यालयमा निकै राहत भएको र सबै विद्यार्थीले मास्क लगाउन पाएको स्वास्थ्य सामग्री पाएका विद्यालयका शिक्षकले बताएका छन् । उक्त संस्थाले डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा स्वास्थ्य, शिक्षा, महामारी, विपद् जोखिम, आयआर्जनका क्षेत्रमा काम गर्दै आएको छ । उक्त संस्थाले सो गाउँपालिकामा यसअघि सीपमूलक तालिम, छाउपडीसम्बन्धी सचेतना, स्वास्थ्य सामग्री वितरण, महामारी नियन्त्रण, विद्यालयमा कम्प्युटर, प्रिन्टरलगायत सामग्री वितरणजस्ता काम सञ्चालन गरिसकेको छ ।(रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.