Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

नेकपा (एकीकृत समाजवादी) पार्टी बैठक : अध्यक्ष नेपालद्वारा प्रस्तुत प्रस्ताव पारित

नेकपा (एकीकृत समाजवादी) पार्टीले अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत प्रस्ताव केन्द्रीय कमिटिको सुझावलाई समावेश गरी सर्वसम्मतले पारित गरेको छ

नेकपा (एकीकृत समाजवादी) पार्टीले अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत प्रस्ताव केन्द्रीय कमिटिको सुझावलाई समावेश गरी सर्वसम्मतले पारित गरेको छ ।

पार्टीको मङ्गलबारदेखि सुरु बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्तावमाथि आज समूहगतरूपमा छलफल भएको थियो । पाँच वटा समूहमा पार्टी केन्द्रीय सदस्यले आआफ्नो धारणा राख्नुभएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो । समूहका छलफलका क्रममा आएका धारणाका निष्कर्षलाई समूह नेताले बैठकमा प्रस्तुत गर्नुभएको थियो ।

आजको बैठकमा समूह १ बाट रामकुमारी झाँक्री, समूह २ बाट रामचन्द्र साह तेली, समूह ३ बाट रमा आले, समूह ४ बाट श्रीप्रसाद साह र समूह ५ बाट दिनेशकुमार राईले आआफ्नो समूहका छलफलमा उठेका विषयको निष्कर्ष प्रस्तुत गर्नुभयो । बैठकमा उठेका विषयमा अध्यक्ष नेपालले विगतमा जनताको बहुदलीय जनवाद (जबज) लाई कुरूप बनाउने काम गरिएको बताउनुभयो । जबज माक्र्सवादको सिर्जनात्मक प्रयोगको एक अध्याय भएको उहाँको भनाइ छ । पार्टीले जबजको देवत्वकरण र कुरूपीकरण दुवै नगर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी जबजलाई विकसित गर्नेछौँ, त्यसलाई समृद्ध पार्नेछौँ ।

यो पनि पढनुस !!

हिमाल शर्मा एक जिउँदा शहिद।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को मङ्गलबार सुरु केन्द्रीय कमिटीको प्रथम बैठक दोस्रो दिन पनि पूर्वनिर्धारित कार्यसूचीअनुसार जारी रहेको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो । केन्द्रीय कमिटीको बैठक बिहीबार पनि जारी रहने छ । भोलि बिहान ११ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बैठक बस्नेछ ।

नेकपा (एमाले) बाट अलग भई गठन भएको एकीकृत समाजवादी पार्टीको यो केन्द्रीय कमिटीको पहिलो बैठक हो । पार्टीको हालसम्ममा देशका ५५ जिल्लामा कार्यसमिति गठन भइसकेको छ । बैठकमा पार्टीका विभिन्न विभाग, जनवर्गीय सङ्गठन, सम्बन्धित आयोगका गठन, विस्तार र सुदृढीकरणलगायत विषयमा छलफल हुनेछ । बैठकमा केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनेबारेमा समेत छलफल हुने बताइएको छ ।

अध्यक्ष नेपालको संयोजकत्वमा हालै स्थायी कमिटी, सचिवालय, प्रदेश इञ्चार्ज र विभिन्न विभाग गठन गरिएको थियो । प्रदेश, जिल्ला र स्थानीय तहमा समेत भेला, बैठक गरी राजनीतिक कार्यक्रम सञ्चालन भइरहेका छन् । युवा र विद्यार्थी सङ्गठन स्थापना गरिएका छन् भने प्रेस सङ्गठन घोषणाको क्रममा छ । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.