Nepal Jana Khabar
हरेक जनताको खबर
१७ बैशाख २०८३, बिहीबार
ट्रेनडिंग

राष्ट्रियसभामा विनियोजन विधेयक टेबुल

राष्ट्रियसभाको आजको बैठकमा सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई सभासमक्ष टेबुल गर्नुभएको हो

राष्ट्रियसभामा विनियोजन विधेयक, २०७८ टेबुल भएको छ । राष्ट्रियसभाको आजको बैठकमा सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई सभासमक्ष टेबुल गर्नुभएको हो ।

प्रतिनिधिसभाको सोमबारको बैठकले सो विधेयकलाई पारित गरी राष्ट्रियसभामा पठाएको हो । विधेयक दुवै सदनबाट पारित भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइनेछ । राष्ट्रपति भण्डारीबाट प्रमाणीकरण भइसकेपछि मात्र सो विधेयक कार्यान्वयनमा आउनेछ ।

यो पनि पढनुस !!

त्यसअघि नेकपा (एमाले)का सांसद देवेन्द्र दाहालले राजनीतिक दलसम्बन्धी अध्यादेशले लोकन्त्रलाई कमजोर बनाएको आरोप लगाउनुभएको थियो । उहाँले बाढीपहिरो एवं प्राकृतिक विपत्तिमा परेका नागरिकलाई राहत उपलब्ध नगराएकामा आपत्ति प्रकट गर्नुभयो । राष्ट्रियसभाको अर्को बैठक १५ मिनेटपछि बस्नेछ । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.