Nepal Jana Khabar
हरेक जनताको खबर
१७ बैशाख २०८३, बिहीबार
ट्रेनडिंग

अक्सिजन प्लान्ट अभियानमा रु एक करोड सङ्कलन

नेपाल पत्रकार महासङ्घ, जिल्ला शाखा गुल्मीद्वारा सञ्चालित अक्सिजन अभियानमा रु एक करोड चारलाख १९ हजार ९८५ सङ्कलन भएको छ

नेपाल पत्रकार महासङ्घ, जिल्ला शाखा गुल्मीद्वारा सञ्चालित अक्सिजन अभियानमा रु एक करोड चारलाख १९ हजार ९८५ सङ्कलन भएको छ । सङ्कलित केही नगद र अक्सिजन खरिद गरी जिल्ला अस्पताललाई प्रदान गरिएको अभियानका लेखा संयोजक रेशम कुँवरले जानकारी दिनुभयो ।

सो अभियान गत वैशाख ६ देखि जेठ १० गतेसम्म सञ्चालन गरिएको थियो । यसमा मुख्य २४ अभियान्ता सक्रिय रहेका थिए भने ७०२ जनाले सहयोग गरेको अक्सिजन अभियानका संयोजक जनार्दन घिमिरेले जानकारी दिनुभयो । अभियानपछि ‘अक्सिजन प्लान्ट अभियान’ मा रुपान्तरण गरिएको थियो ।

यो पनि पढनुस !!

अभियानको आय–व्यय पहिले नै सार्वजनिक गर्न प्रयास गरे पनि विभिन्न माध्यमबाट प्राप्त रकम महासङ्घको खातामा आए÷नआएको प्रमाणीकरण गर्न समय लागेकाले ढिलाइ भएको महासङ्घले जनाएको छ । साथै अक्सिजन प्लान्ट अभियानमा सहयोग गर्ने सबै सहयोगदाताको नामावलीसहितको विवरण कार्यालयमा टाँस गर्ने पनि निर्णय गरिएको महासङ्घका जिल्ला अध्यक्ष टोपलाल अर्यालले जानकारी दिनुभयो । सिलिन्डर मौज्दाद राखिएको जनाइएको छ । अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न सङ्घीय सरकारले रु एक करोड विनियोजन गरेको छ । निर्माणाधीन प्लान्ट दसैँ अगाडि सञ्चालनको तयारी गरिएको छ । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.