Nepal Jana Khabar
हरेक जनताको खबर
१४ श्रावण २०८२, मंगलवार
ट्रेनडिंग

‘महामारी तथा प्राकृतिक प्रकोप व्यवस्थापनमा पूर्वतयारी रहनु जरुरी’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश आचार्यले महामारी तथा प्राकृतिक प्रकोप व्यवस्थापनमा पूर्वतयारी रहनु अति नै जरुरी रहेको बताउनुभएको छ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश आचार्यले महामारी तथा प्राकृतिक प्रकोप व्यवस्थापनमा पूर्वतयारी रहनु अति नै जरुरी रहेको बताउनुभएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले विज्ञान दिवस सप्ताहको उपलक्ष्यमा आज आयोजना गरेको ‘महामारी र प्राकृतिक प्रकोप व्यवस्थापनमा विज्ञान प्रविधिको भूमिका’ विषयक कार्यक्रममा उहाँले पूर्वतयारीले भावी दिनमा आउने जोखिम न्यूनीकरणमा निकै सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकले यी क्षेत्रमा अझै उचित ज्ञान सीपको प्रयोग गर्न नसक्दा त्यसतर्फ ध्यान दिनुपर्नेछ ।” सो समस्या समाधानका लागि नाष्टले अन्य वैज्ञानिकका साथै प्रविधिको खोजी गर्न जरुरी रहेको आचार्यले औँल्याउनुभयो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल रिसर्च युनिटका संयोजक डा शेरबहादुर पुनले विदेशी वैज्ञानिकको मुख ताक्ने क्रम तोडेर अब स्वदेशी वैज्ञानिकलेनै केही गरेर देखाउने समय आएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “महामारी र प्राकृतिक प्रकोप व्यवस्थापनमा विज्ञानलाई नै हतियारका रूपमा लिएर अघि बढ्नुपर्नेछ ।”

नाष्टका प्राज्ञ प्रा डा विशालनाथ उप्रेतीले मुलुकवासीको जीउ ज्यानको सुरक्षाका लागि नाष्टका साथै सम्बन्धित विश्वविद्यालयले प्रविधिको व्यवस्था गर्न आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “महामारी र प्राकृतिक प्रकोप व्यवस्थापनका लागि हरेक स्थानीय निकायमा मौसम विज्ञान स्टेशन राख्नाका साथै नाष्टमा धेरै वैज्ञानिकको सङ्ख्या बढाउन जरुरी देखिन्छ ।”

यो पनि पढनुस !!

सरकारको नियमित खोप तालिका

प्राज्ञ प्रा डा रमेशकान्त अधिकारीले आपत्कालीन पूर्वानुमान निगरानी व्यवस्थाका लागि वैज्ञानिकको एक समूह गठन गर्न आवश्यक रहेको बताउनुभयो । सह प्राज्ञ रञ्जन दाहालले महामारी र प्रकोप व्यवस्थापनका क्षेत्रमा विगतमा भएका गल्तीलाई सच्याउँदै अघि बढ्न जरुरी भएको सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “हामीले स्थानीय प्रविधिको प्रयोग गरी आउँदा जोखिमको समाधान गर्नुपर्नेछ ।”

मुख्य वैज्ञानिक डा कान्ति श्रेष्ठले आउँदा महामारीबाट जोगिन ओमेगा थ्री प्राप्त खानेकुराका साथै नेपाली भान्छामा प्रयोग हुने वस्तुलाई जोड दिँदै जान अनुरोध गर्नुभयो । वरिष्ठ वैज्ञानिक डा रामचन्द्र पौडेलले महामारी र प्राकृतिक प्रकोप व्यवस्थापनमा अध्ययन अनुसन्धानका साथै आवश्यक प्रयोगशालको पनि व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

प्रविधि सङ्काय प्रमुख डा रवीन्द्रप्रसाद ढकालले फोहर सामग्रीलाई आफूहरुले बायोचारमा प्रयोग गर्नाका साथै साना जलविद्युत्का क्षेत्रमा भएका अवसरबारे अध्ययनका साथै अनुसन्धान गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले माटो ऊर्जालाई कसरी ग्रीडमा जोड्ने भन्नेतर्फ ध्यान दिइरहेका छाँै भने पहिरो नियन्त्रणका लागि दरार र आगलागीबाट जोगाउन छत सीलको काम भइरहेको छ ।” मुलुकको उच्च हिमाली भागमा माइक्रो प्लास्टिक भेटिँदा हामीले पिउने पानी र हावामा सोको असर रहेकाले विचार पु¥याउन जरुरी रहेको ढकालले जानकारी गराउनुभयो ।

उपकुलपति डा सुनिलबाबु श्रेष्ठले सो क्षेत्रमा जोखिम संवेदनशील योजना निर्माण गर्न जरुरी रहनाका साथै जलवायु परिवर्तन खाका तयार गर्न आवश्यक रहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “यी वस्तु व्यवस्थापनमा तथ्याङ्कको सदुपयोग गरेर राख्न आवश्यक हुनाका साथै प्रविधिको युगमा सूचनाका साथै सञ्चारलाई जोड्दै जाँदा समृद्धिको लक्ष्य हासिल गर्न सकिने छ ।(रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.