Nepal Jana Khabar
हरेक जनताको खबर
१४ श्रावण २०८२, मंगलवार
ट्रेनडिंग

एक हजार ९५ सङ्क्रमित

विगत २४ घण्टामा आज एक हजार ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १३ हजार ८१७ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो

विगत २४ घण्टामा आज एक हजार ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १३ हजार ८१७ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

नेपालमा सङ्क्रमणको दर १९.२ प्रतिशत छ । यस्तै सक्रिय सङ्क्रमित २२ हजार ३२३ जना छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १० र २०० भन्दा बढी सङ्क्रमित हुने जिल्ला १९ पुगेका छन् । आज दुई हजार ९५७ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सात लाख ५२ हजार १७० सङ्क्रमणमुक्त भई घर फर्किएका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९५.८ प्रतिशत छ ।

यो पनि पढनुस !!

सरकारको नियमित खोप तालिका

सङ्क्रमणबाट विगत २४ घण्टामा आठ जनाको मृत्यु भएको छ । हालसम्म सङ्क्रमणबाट ११ हजार ४८ जनाको मत्यु भएको छ । नेपालमा प्रति १० लाखमा ३७२.४ जनाको सङ्क्रमितको मत्यु भएको छ । यस्तै मन्त्रालयका अनुसार ३७१ जना सघन उपचार कक्ष (आइसियु), १०८ जना भेन्टिलेटर, २० हजार ८९१ जना होम आइसोलेशन, एक हजार ४३२ जना संस्थागत आइसोलेशन र २६४ जना क्वारेन्टिनमा छन् ।

आज २२ हजार १९२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ६२ लाख १५ हजार ८५६ जनाले पहिलो मात्रा र ५५ लाख ८८ हजार ५१७ ले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।(रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.