Nepal Jana Khabar
हरेक जनताको खबर
१७ बैशाख २०८३, बिहीबार
ट्रेनडिंग

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पौडेललाई ज्ञापनपत्र

नेपाली कांग्रेसका नेता कार्यकर्ताले जिल्लाका महत्वकांक्षी योजनाको माग राख्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेललाई ज्ञापनपत्र बुझाएका छन्

नेपाली कांग्रेसका नेता कार्यकर्ताले जिल्लाका महत्वकांक्षी योजनाको माग राख्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेललाई ज्ञापनपत्र बुझाएका छन् ।

दिपायल विमानस्थलमा उहाँलाई भेट गरी यहाँका विभिन्न महत्वकांक्षी योजनाको माग राख्दै ज्ञापनपत्र पेश गरिएको कांग्रेस नेता विजय खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार ज्ञापनपत्रमा पश्चिम सेती परियोजना, धनगढी–स्याउले–दिपायल–चैनपुर–ताक्लाकोट सडक, बोगटान सडक, मेडिकल तथा इञ्जिनीयरिङ कलेज, खप्तड सडक, आदर्श गाउँपालिकामा खानेपानीलगायत आयोजनाको माग राखिएका छन् ।

यो पनि पढनुस !!

पार्टी सचिव नारायण जोशी, क्षेत्रीय सभापति विजय खड्का, शिखर नगरपालिकाका नगर प्रमुख सीताराम जोशी, महाधिवेशन प्रतिनिधि लोकेन्द्र शाही, नेविसङघका निर्वतमान अध्यक्ष पुष्पकुमार शाही, नेता लक्ष्मीराज पाठक, कुमार टेलर, जीतबहादुर खड्का, धौलीदेवी रावल, मीना विष्ट, प्रतिमा शाहीलगायत नेता ज्ञापनपत्र बुझाउन एयरपोर्ट पुग्नुभएको थियो ।

ज्ञापनपत्र बुझनु हुँदै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पौडेलले पर्यटक, सडक, सिँचाइ र खानेपानीमा सरकारले प्राथमिकता साथ लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले खप्तडको पर्यटन विकास र दु्रतमार्ग सडकलाई उच्च प्राथमिकता दिने आश्वासन दिनुभएको नेविसङ्घका निर्वतमान अध्यक्ष शाहीले जानकारी दिनुभयो ।(रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.