Nepal Jana Khabar
हरेक जनताको खबर
१८ बैशाख २०८३, शुक्रबार
ट्रेनडिंग

सङ्कटमा पर्यो ठेकी बनाउने व्यवसाय

कोरोना महामारीको त्रास नहुँदो हो त बागलुङ नगरपालिका–१२ अमलाचौरका पूर्णबहादुर चुँदार यति बेला गिठेदारको ठेकी बनाउँदै गरेका अवस्थामा हुनुहुन्थ्योे

कोरोना महामारीको त्रास नहुँदो हो त बागलुङ नगरपालिका–१२ अमलाचौरका पूर्णबहादुर चुँदार यति बेला गिठेदारको ठेकी बनाउँदै गरेका अवस्थामा हुनुहुन्थ्योे । बाउबाजेले सिकाएको पुख्र्याैली ठेका बनाउने कलामा उहाँ अब्बल हुनुहुन्छ । उहाँजस्तै गाउँकै टेकबहादुर चुँदार पनि ठेकीको व्यवसाय गर्नुहुन्थ्यो तर दुई वर्ष भयो न उहाँहरुले नयाँ ठेकी बनाउन पाउनुभएको छ न व्यापारका लागि घुम्नडुल्न नै ।

जिल्लाका बलेवामा रहेका चुँदार समुदायले परम्परागत प्रविधिको प्रयोग गरेर काठका ठेकी उत्पादन गर्दै आएका छन् । जङ्गलमा पाइने गिठेदारबाट बनाइने ठेकी गाउँघरमा दूध दही राख्नका लागि प्रयोग हुने गरेका छन् । कोरोनाका कारण उनीहरुको काम र व्यापार ठप्प छ । पछिल्लो समय बजार ओगटेका प्लाष्टिक र स्टिलका सामानले काठको ठेकीको माग घट्दै गएका बेला महामारीले हुने गरेका व्यापारमा समेत अवरोध गरेको पूर्णबहादुर बताउनुहुन्छ । “दुई वर्ष भयो घर छोड्न पाइएको छैन, काठ खोज्न जानु न ठेका कुँद्नु”, उहाँले भन्नुभयो, “अब त खुल्यो भने पनि प्लाष्टिकका भाडाले काठका भाडा नखोज्ने बनाउँछ होला ।”

यो पनि पढनुस !!

ठेकाका लागि आवश्यक पर्ने गिठेदार बागलुङमा पाइँदैन । गुल्मी र पाल्पा पुगेर कालीगढले कहिले काठ ल्याउने त कहिले ठेकी नै उतै कुँदेर ल्याउने गरेका थिए । बन्दाबन्दीले उनीहरुको दिन दैनिकीमा असर गरेको छ । जिल्लामा उत्पादन हुने ठेकी गण्डकी प्रदेशका विभिन्न जिल्लामा बिक्री हुने गरेका छन् । गिठेदारको ठेकीलाई व्यवसायीले मानाको रु ७०० देखि एक हजारसम्ममा बिक्री गर्ने गरेका छन् । स्थानीय काठबाट ठेकी बनाउन कठिन हुने र उपभोक्ताको माग पनि गिठेदारनै हुने भएका हात पट्याएर बस्नुपरेको टेकहादुर बताउनुहुन्छ । चाडपर्वको बेला गाउँ गाउँमा ठेका बोकेर डुल्ने उनीहरु दुई वर्षदेखि घरमै छन् ।

“दशैँ र चैतेदशैँैमा बागलुङ कालिका आसपासमा राखेर ठेका बेचिन्थ्यो, काठका भाडा खुब खोज्थे”,उहाँले भन्नुभयो, “फेसनका जिनिसले कम बिक्न थालेका थिए, त्यहीँमाथी कोरोनाले थला पार्यो ।” मेहेनत धेरै लाग्ने र सीपको आवश्यकता हुने भएकाले युवापुस्ताको आकर्षण यो व्यवसायमा कम छ । काठका भाडामा राखेको दुग्धजन्य पर्दा मीठो र नसड्ने भएकाले पुरानो पुस्ताले खोजी गरे पनि नयाँ पुस्तामा प्लाष्टिकको मोह बढी रहेकाले व्यवसाय नै सङ्कटमा पर्न थालेको चुँदारा समुदाय बताउँछन् ।(रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.