Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

सोमबार ११ अर्ब ८३ करोड बराबरको टेजरी बिल बिक्री गरिने

नेपाल राष्ट्र बैंकले सोमबार रु ११ अर्ब ८३ करोड बराबरको टेजरी बिल बिक्री गर्ने भएको छ

नेपाल राष्ट्र बैंकले सोमबार रु ११ अर्ब ८३ करोड बराबरको टेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार बोलकबोल प्रक्रियाबाट उक्त टे«जरी बिल बिक्री गर्न लागिएको हो ।

केन्द्रीय बैंकले बिक्री गर्न लागेको टेजरी बिल नवीकरण प्रयोजनका लागि हो । बैंकले रु पाँच अर्ब ५३ करोड बराबरको टेजरी बिल ९१ दिनका लागि रहेको छ । उक्त बिल आगामी पुस ६ गते परिपक्व हुनेछ । यस्तै रु चार अर्ब ३० करोड बराबरको टेजरी बिल १८२ दिनका लागि बिक्री गर्न लागिएको हो । उक्त बिल आगामी चेत ८ गते परिपक्व हुनेछ ।

केन्द्रीय बैंकले रु दुई अर्ब बराबरको टेजरी बिल ३६४ दिनका लागि बिक्री गर्न लागेको छ । सो बिल विसं २०७९ असोज ४ गते परिपक्व हुनेछ । केन्द्रीय बैंकले यसअघि भदौ २८ गते टेजरी बिल बिक्री गरेको थियो । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.