Nepal Jana Khabar
हरेक जनताको खबर
१८ बैशाख २०८३, शुक्रबार
ट्रेनडिंग

चाडबाडको मुखमा उपभोग्य सामग्रीको मूल्य आकासियो

यहि असोज २१ गतेदेखि नेपालीहरूको महान चाड दशैं पर्व नजिकिँदै गर्दा चाडबाडको मुखमा उपभोग्य सामग्रीको मुल्य आकाशे आकासिएसँगै उपभोक्ताहरु मारमा परेका छन्

यहि असोज २१ गतेदेखि नेपालीहरूको महान चाड दशैं पर्व नजिकिँदै गर्दा चाडबाडको मुखमा उपभोग्य सामग्रीको मुल्य आकाशे आकासिएसँगै उपभोक्ताहरु मारमा परेका छन्। दशैँ नजिकिँदै जाँदा बजारमा उपभोग्य सामग्रीको मूल्य उपभोग्य साम्रगी व्यापारीहरुले मनोमानी रुपमा बढाउँदा उपभोक्ताहरु सङ्कटमा पर्नुका साथै यसको चर्को विरोध गरिरहेका छन्। तर यस विषयमा अधिकारकर्मीहरुले चाडपर्व नजिकिँदै गर्दा चर्को मूल्यवृद्धिले उपभोक्ताको ढार सेकेर अनावश्यक सास्ती दिएको समेत बताएका छन्। यसैगरी चाडपर्वको मुखमा उपभोग्य साम्रगी व्यापारिक क्षेत्र राज्यसत्ता भन्दापनि बलियो भएको उपभोक्ता अधिकारकर्मीहरूको भनाई छ ।

यो पनि पढनुस !!

यसैगरी उपभोक्ताकर्मीहरुले ‌ चाडपर्वको मुखमा उपभोग्य वस्तुको भाउ आकासिएको भन्दै चर्को मूल्यवृद्धि भएको विषयमा अनुगमन गर्न र चर्को मूल्यमा उपभोग्य वस्तु बिक्री गर्ने व्यापारीलाई कारबाही गर्न वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको ध्यानाकर्षण गराएको छ। उपभोक्ताकर्मीहरुको ध्यानाकर्षण सँगै वाणिज्य ,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता शिवराज सेढाईले २० प्रतिशतभन्दा बढी नाफा लिने उपभोग साम्रगी पसलमा अनुगमन गरी २० प्रतिशतभन्दा बढी नाफा लिने व्यक्तिलाई कारवाही गर्ने बताएका छन्। यसैगरी चाडपर्व नजिकिँदै गर्दा बजारको मूल्य आकाशीयसँगै चर्को मूल्य घटाउने विषयमा सरकारको ध्यान नगएको यस समस्याको समाधान गर्ने विषय तर्फ सरकार र सम्बन्धित निकायको ध्यान जानु अति नै आवश्यक देखिन्छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.