Nepal Jana Khabar
हरेक जनताको खबर
१८ बैशाख २०८३, शुक्रबार
ट्रेनडिंग

चीनबाट आयो ४४ लाख भेरोसेल खोप

डा रोशन पोखरेलले चीनबाट खरिद गरिएको ४४ लाख मात्रा भेरोसेल खोप अपराह्न आएकोे जानकारी दिनुभयो ।

सरकारले चीनबाट आज कोरोना भाइरस विरुद्धको ४४ लाख मात्रा भेरोसेल खोप ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले चीनबाट खरिद गरिएको ४४ लाख मात्रा भेरोसेल खोप अपराह्न आएकोे जानकारी दिनुभयो ।

नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट खोप ल्याइएको हो । सरकारले ६० लाख खोप खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल आइसकेको थियो । खोप लिनका लागि हिजो राति ११ बजे वाइडबडी विमान चीनतर्फ गएको थियो । आज आएकोसँगै नेपालमा अहिलेसम्म एक करोड ७७ लाख खोप आइसकेको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.