Nepal Jana Khabar
हरेक जनताको खबर
१८ बैशाख २०८३, शुक्रबार
ट्रेनडिंग

महसुल नतिर्नेको विद्युत् काटौती अभियान

अभियान सुरु गर्नासाथ सदरमुकाम कुश्माबजार क्षेत्रको केही ठाउँमा मात्रै २३ जनाको विद्युत् कटौती गरिएको र तीमध्येका २० जनाले कार्यालयमा आएर बक्यौता भुक्तानी गरेका छन्

नेपाल विद्युत् प्राधिकरण, पर्वत वितरण केन्द्रले विद्युतीय मिटर रिडिङ गरेको ६० दिनसम्म पनि महसुल चुक्ता नगरेका उपभोक्ताहरूको विद्युत् नै कटौती गरिदिने अभियान थालेको छ । विद्युतीय महसुलको मोटो रकम उठ्न बाँकी रहेकाले ६० दिनभित्रमा महसुल नतिरेमा विद्युत् नै काटिने र तिरेपछि मात्रै विद्युत् जडान गर्ने तीव्रताका साथ काम भइरहेको पर्वत वितरण केन्द्रका निमित्त कार्यालय प्रमुख प्रकाश काफ्लेले जानकारी दिनुभयो।

अभियान सुरु गर्नासाथ सदरमुकाम कुश्माबजार क्षेत्रको केही ठाउँमा मात्रै २३ जनाको विद्युत् कटौती गरिएको र तीमध्येका २० जनाले कार्यालयमा आएर बक्यौता भुक्तानी गरेका छन्।

विद्युत् काटिएकाबाट रु दुई लाख ६ हजार ८० असुल भएको पनि निमित्त कार्यालय प्रमुख काफ्लेको भनाइ छ । अहिलेसम्म विद्युत् काटिएकाहरूमा घरमा जोडिएका व्यक्तिगत लाइन, फार्म र उद्योग रहेका छन्।

यो पनि पढनुस !!

विद्युत् काटिएकामा सरकारी कार्यालय नपरेको जनाउँदै उहाँले क्षेत्रअनुसार जाँच गर्दै जाँदा क्रमशः सरकारी कार्यालयको समेत बक्यौता देखिन सक्ने र त्यस्तो पाइएमा सरकारी कार्यालय वा अन्य संस्थाको समेत विद्युत् सेवा अवरुद्ध हुनसक्ने बताउनुभयो । सदरमुकाम कुश्माबाट सुरु गरिएको यो अभियानलाई कडाइका साथ जिल्लाकै सबै स्थानीय तहमा समेत कार्यान्वयन गर्न लागिएको छ ।

महसुल समयमा नै तिरेमा उपभोक्ताका लागि छुट सुविधा हुँदासमेत उपभोक्ताले समयमा महसुल नतिरेर विद्युत् नै काटिने अवस्थामा पुग्नु नराम्रो भएको निमित्त कार्यालय प्रमुख काफ्लेले बताउनुभयो।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.