२९ भदौ, काठमाडौं । आज बाल दिवसको उपलक्ष्यमा देशभरिका विभिन्न सरकारी र गैरसरकारी संघसंस्थाहरुले शैक्षिक क्षेत्रहरुले धुमधामकासाथ रमाइलो कार्यक्रम गरी बाल दिवस मनाउँदैछ। बालबालिकाको हकहित र स्वतन्त्रताको प्रत्याभूति गर्न,बालबालिकामाथि हुने विभेदको अन्त्य गर्न, बालबालिकालाई आधारभूत आवश्यकताबाट वञ्चित नगराउन,बालबालिकाले स्वतन्त्र रुपमा आफ्नो विचार अभिव्यक्त गर्न पाउने अधिकार बालअधिकारका विषयवस्तुहरु हुन्।
नेपालको संविधान २०७२ भाग ३ धारा ३९ मा बालबालिकाको हकसम्बन्धी संविधानले व्यवस्था गरेको छ। बालबालिकामा गर्ने लैङ्गिक विभेदको अन्त्य गर्न, बालबालिकालाई श्रमशोषण हुनबाट रोक्न,सबै बालबालिकाले आमा बुबाको सम्मान माया पाउन,आमाबुबा नभएका बालबालिकाको हकमा राज्यले बालबालिकाको हकहित सुनिश्चित गराउन उत्तरदायित्व,गुणस्तरीय शिक्षा प्राप्त गर्न,स्वतन्त्रपूर्वक आफ्ना विचार अभिव्यक्त गर्न,राज्यका हरेक क्षेत्रमा सहभागी हुने अवसर संविधानले दिएको छ। वर्तमान सन्दर्भमा हेर्ने हो भने धेरै बालबालिकाहरुले संविधानले व्यवस्था गरेको बालअधिकारको उपयोग गर्न पाएका छन्। धेरै बालबालिकाहरु आधारभूत आवश्यकताबाट वञ्चित भएका छैनन्।
तर निम्न वर्ग,अनाथ बालबालिकाहरुलाई भने राज्यले बाल अधिकारको प्रत्याभूति दिलाउन सकिरहेको अबस्था छैन। आर्थिक अभावको कारण निम्नवर्गीय बालबालिकाहरू विद्यालयको पहुँचबाट बाहिर रहेको छ। सरकारले निम्नवर्गीय,अनाथ बालबालिकाको हकहितको रक्षा गर्दै अधिकारको सुनिश्चित गर्ने बिषयतर्फ उत्तरदायी हुनु अति नै आवश्यक देखिन्छ।