Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

एमसीसीको बुँदा सच्याउन नसकिने: फते सुमार

एमसीसी विरोधी प्रदर्शनमा उत्रिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ

काठमाडौं २५ भदौ एमसीसीका उपाध्यक्ष फते सुमार सरकारसँग वार्ताको लागि आज नेपाल भ्रमणमा आएका छन्‌। नेपाल भ्रमणमा आएका एमसीसीका उपाध्यक्ष फते सुमारको नेपाल भ्रमणसँगै एमसीसीको बिरुद्धमा आज विभिन्न स्थानमा प्रदर्शन भएको छ। एमसीसी विरोधी प्रदर्शनमा उत्रिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। एमसीसी संसोधनसहित संसदबाट अनुमोदन गर्ने भन्ने तरखरमा रहेका सत्तापक्ष गठवन्धनका नेताहरुले एमसीसीको केही बुँदाहरू सच्याएर एमसीसीको‌ सम्झौता गर्न मिल्ने कि नमिल्ने भनी प्रश्न सोधेका छन्।

तर अमेरिकाले प्रश्नको जवाफ दिँदै एमसीसी सम्झौता कुनै सैन्य रणनीति नभएको बताउँदै सन् २०१७ मा गरिएको एमसीसीको बुँदाहरु संशोधन गर्न नमिल्ने बताएको छ। आज एमसीसीका उपाध्यक्ष फते सुमारले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवासँग भोली भेटवार्ता हुने भएको छ। एमसीसीका केही बुँदाहरूमा एमसीसी नेपालको संविधान भन्दा माथि हुने बुँदामा उल्लेख गरेको हुनाले यसले राष्ट्रियता,स्वाधीनता र अखण्डतामा आँच आउने भएकाले सबै नेपाली नागरिक समाज,बुद्धिजीवी,सञ्चार जगत,राजनैतिक दल, आमनागरिक‌ एमसीसी ‌विरोधी प्रदर्शनमा उत्रेका हुन्।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.