काठमाडौँ २४ भदौ नेकपा माओवादीका अध्यक्ष एवम् सत्ता गठबन्धनका नेता प्रचण्डले सत्ता गठबन्धनको सरकार ढाल्न ठूलो षड्यन्त्र भएको बताउनुभएको छ। पूर्वप्रधानमन्त्री एवंम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेपछि एकजुट भएको कारण प्रतिगमन धाल्न सफल भएको उहाँले बताउनुभएको छ। सत्ताबाट बाहिरिएर प्रतिपक्षको भूमिकामा रहेका नेकपा एमालेले गुटलाई बलियो बनाउने र सत्तापक्ष गठबन्धनका सरकारमाथि गम्भीर षडयन्त्र गर्ने काम भइरहेको उहाँले बताउनुभएको छ। एमसीसीको विषयमा बोल्दै उहाँले एमसीसीमा उल्लेखित केही बुँदाहरु संशोधन गरेर मात्र एमसीसी संसदबाट पारित गर्ने उहाँको भनाई छ। प्रतिगमनको अन्त्य गर्न बनेको गठबन्धनको सरकार सधै लोकतन्त्र जनताको हकहितको रक्षा गर्न तत्पर रहेको उहाँको भनाई छ।
