Nepal Jana Khabar
हरेक जनताको खबर
१८ बैशाख २०८३, शुक्रबार
ट्रेनडिंग

६ महिनाको बालक युनिक तामाङको अस्पतालको लापरवाहीको कारण निधन

बालकको स्वास्थ्यमा एक हप्ता अस्पतालमा राख्दापनि कुनै सुधार नआएको तामाङ्गले बताएका छन् र चिकित्सक र अस्पतालको लापरवाहीकै कारण मृत्यु भएको जनाउँदै स्थानीय वासिन्दाले ओम शान्ती अस्पताल तोडफोड गरेका छन्

सिन्धुली २० भदौ ६ महिने बालक युनिक तामाङ्गको ओम शान्ती अस्पतालको लापरवाहीको कारण निधन भएको छ। सिन्धुली गाउँपालिका वडा नं-२ स्थित भुवन कटुवालले सञ्चालन गरेको ओम शान्ती अस्पतालमा युनिक तामाङ्गको खुट्टा पोलेपछि उपचारका लागि अस्पताल लगेको थियो। बालकको स्वास्थ्यमा एक हप्ता अस्पतालमा राख्दापनि कुनै सुधार नआएको तामाङ्गले बताएका छन्। चिकित्सक र अस्पतालको लापरवाहीकै कारण मृत्यु भएको जनाउँदै स्थानीय वासिन्दाले ओम शान्ती अस्पताल तोडफोड गरेका छन्।

अस्पतालमा तोडफोड भएपछि अस्पतालमा भएको तोडफोड रोक्न ठूलो मात्रामा प्रहरी परिचालन गरेको छ।६ महिनाको बालकको मृत्यु भएको अस्पतालको लापरवाहीको कारण भएको मृतकको परिवार र आफन्तले बताएका छन्।बेलाघारी ईलाका प्रहरी कार्यालयले घटनाको बारेमा पोष्टमार्टम रिपोर्ट र अस्पतालको लापरवाहीको बिषयमा थप छानबिन गर्ने बताएको छ।बेलाघारी ईलाका प्रहरीका अनुसार भुवन कटुवाल सम्पर्कविहीन रहेको छ।

यो पनि पढनुस !!

यसैगरी ओम शान्ती अस्पतालका सञ्चालकका दाजु पवन कटुवालले अस्पतालले लापरवाही गरे कानूनी प्रक्रिया अनुरुप सजाय भोग्न तयार हुने भएकाले यस घटनाको छानबिन गर्न आग्रह गरेका छन्। ६ महिनाको बालक युनिक तामाङ्गको अस्पतालका लापरवाहीका कारण मृत्यु घटनाको सत्यतथ्य छानबिन गर्न सम्बन्धित निकायको ध्यान जानु अति नै आवश्यक देखिन्छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.