Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

बामदेव गौतमले नेकपा एमाले परित्याग गरे

नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले नेकपा एमाले परित्याग गर्दै उपाध्यक्ष पदबाट राजीनामा दिएका छन्। राजीनामा दिएका उनले प्रेस विज्ञप्ति जारी गर्दै नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा रहँदा एकल निर्णय, स्वेच्छाचारी, सर्वसत्तावादी प्रवृत्तिले आफूले २४ वर्षदेखि राजनीति गर्दै आएको पार्टी नेकपा एमालेमा अब रहन नसक्ने बताएका छन्। जनताको बहुदलीय जनबाद लागू गर्न नसकेको मार्गनिर्देशक सिद्धान्त विपरीत कार्य गरेको भन्दै प्रेस विज्ञप्ति मार्फत आक्रोश व्यक्त गरेका छन् ।

नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट चयन भएका केपी शर्मा ओलीले राजनीतिक कार्यदिशा अवलम्बन गर्न नसकेको बताउँदै २०७४ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको पार्टी एकताको साझा घोषणाअनुसार आफू प्रधानमन्त्री र पार्टी अध्यक्षमा रहँदापनि कार्यदिशातर्फ अघि बढ्न नसक्नु र व्यक्तिगत र स्वेच्छाचारी नीति लागू गर्दै सर्वसत्तावादी र निर्णहरू दुरुप्रयोग गरेको कटाक्ष गर्दै आफू नेकपा एमालेबाट बाहिर गएको समेत बताएका छन्। ओलीको गलत विचार,प्रवृत्तिले पार्टीलाई गलत दिशातिर मार्गनिर्देशन गर्ने भएकाले लामो समयसम्म दोस्रोपटक सम्मपनि प्रतिगमनकारी कदम चाली संवैधानिक कू गरी संसद भंग गर्नुजस्तो कार्य गरेर अघि बढेको कारण देखाउँदै अबका दिनहरुबाट नेकपा एमाले पार्टी त्याग गर्ने बताएका हुन्। नेकपा एमालेको पार्टी कार्यालय थापाथलीमा राजीनामा पत्र नेकपा एमालेका सचिवलाई बुझाउँदै पार्टी परित्यागको सन्देश दिएका छन्।

यो पनि पढनुस !!

हिमाल शर्मा एक जिउँदा शहिद।

अबका दिनहरुमा नेकपा एमालेका पूर्वउपाध्यक्ष बामदेव गौतमले जनताको बहुदलीय जनवादलाई आफूले अगींकार गर्ने बताएका छन्। केही दिनअघि नेकपा एमालेबाट विभाजनको संघारमा पुगेका नेकपा (एकीकृत समाजवादी) को मूलभूत सिद्धान्त वैज्ञानिक समाजबाद र मार्गनिर्देशक सिद्धान्त जनताको बहुदलीय जनवाद रहेकाले बामदेव गौतम नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्ने संकेत देखिएको छ।नेता बामदेव गौतम कुन पार्टीमा प्रवेश गर्ने हो भन्ने विषयमा उनले कुनै पनि जानकारी दिएका छैनन्। बामदेव गौतमको भविष्यको राजनीतिक एजेण्डा के हो र नेता गौतम कुन पार्टीमा प्रवेश गर्छ भने विषयलाई सञ्चारमाध्यमहरूले चासो दिएका छन्।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.