ललितपुर जिल्लाको महालक्ष्मी स्थानमा बस्ने प्रकाश खत्रीलाई काठमाडौँको ग्रीन भ्याली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफूले लिँदै नलिएको ऋण रकम चुक्ता नगरेको भन्दै यही मिति २०७८ साउन ५ गतेका दिन ६० लाख ऋण लिएको कारण देखाउदै घर लिलामी गरेको छ। जसको कारण प्रकाश खत्री माथि ठूलो अन्याय भएको छ। ग्रीन भ्याली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रकाश खत्रीलाई ६० लाख ऋण लिएको भन्दै घर लिलामी गर्नुको कारण भने रहस्यमय छ।

ज्यामी काम गरेर दैनिक गुजारा चलाइरहेका छन्। शैक्षिक योग्यताको हिसाबले निरक्षर रहेका उनलाई फसाउनुमा ठूलो गिरोहको भूमिका रहेको प्रष्ट देखिन्छ। पिडित प्रकाश खत्रीका अनुसार ५ वर्षअघि छेतु शेर्पा नामको व्यक्तिसँग उनको चिनजान भएको थियो। छेतु शेर्पा तत्कालीन एक सहकारीमा काम गर्ने व्यक्ति पनि हुन्। आफूले घर बनाउने क्रममा छेतु शेर्पा नामको व्यक्तिले आफ्नो घर निर्माण गर्न लागेको कुरा छलफलको विषय सन्दर्भमा प्रस्तुत भएको थियो। घरको फिनिसिङ गर्ने काममा सहयोग गर्छु भन्दै छेतु शेर्पाले सिन्धुपाल्चोकका एक व्यवसायी हस्तबहादुर बि.क सँग भेटघाट गराएका थिए। भेटघाटको क्रममा हस्त बहादुर बि.कले रोडा/ बालुवा लिन चाहेको भए अग्रिम ५ लाख रुपैयाँ बैना दिन आग्रह गरेका थिए। हस्तबहादुरको आग्रहलाई स्वीकार गर्दै अग्रिम ५ लाख रुपैयाँ बैना दिएपनि बि.कले रोडा र बालुवा पनि उपलब्ध गराएनन्।

सिन्धुपाल्चोकका हस्तबहादुर बि.क काठमाडौँ ग्वार्को भोटेकोशी रोडा उद्योग सप्लायर्सका प्रमुख व्यक्ति हुन्। यसरी प्रकाश खत्रीले आफूले दिएको बैना पैसा मागेपनि रकम फिर्ता गरेनन्। अग्रिम रुपमा आफूले लिएको पैसाको रोडा बालुवा उपलब्ध गराउने र यसकोलागि प्रकाश खत्रीले सहयोग गर्नुपर्ने हस्तबहादुर बि.कले आफ्नो धारणा राखे। हस्तबहादुर बि.क को कुरालाई स्वीकार गर्नुपर्ने छेतु शेर्पाले धारणा राखेपछि नागरिकताको फोटोकपी सहित ग्रीन भ्याली बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा हस्तबहादुर बि.कले गाडी खरिद गर्न साक्षी बस्न आग्रह गरेसँगै हस्तबहादुर बि.क साक्षीको लागि उपस्थित भए। आफु साक्षीको लागि उपस्थित हुँदा विभिन्न कागजमा ल्याप्चे लगाउन लगाएपछि आफू साक्षी रहेको कुरामा विश्वस्त रहँदै उनले ल्याप्चे लगाएर आफ्नो घर फर्के। हस्तबहादुर बि.कले लिएको ऋणमा साक्षी बसेका प्रकाश खत्रीलाई अचानक ग्रीन भ्याली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले लिँदै नलिएको ऋण छ भनी घर लिलामी गरे। जसको कारण आज प्रकाश खत्री ठूलो मर्कामा परेका छन्।

विभिन्न सञ्चारमाध्यमका व्यक्तिहरू यस घटनाको विषयलाई मध्यनजर गर्दै ग्रीन भ्याली बचत तथा ऋण सहकारी संस्थामा प्रकाश खत्रीले ऋण लिएको हो कि होईन भन्ने विषयमा थप कुरा बुझ्न गएपछिको अवस्थामा त्यहाँका कर्मचारी नरेन्द्र कायस्थले सञ्चारकर्मीमाथि रुखो व्यवहार देखाई सञ्चारकर्मीमाथि दुर्व्यवहार गरेका छन्। अन्तर्वार्ताको क्रममा घरको सक्कली लालपुर्जा प्रकाश खत्रीसँग रहेको विभिन्न सञ्चारमाध्यमहरुले बताएका छन्।
सहकारी संस्थाले भने ऋण लिएको भन्दै घर लिलामी गरेका छन् । तर ऋण के कार्यकालागि लिएको हो र सहकारीले किन घर लिलामी गरेको भन्ने विषयमा सञ्चारकर्मीहरुले सोधेको जिज्ञासाको प्रष्ट उत्तर भने दिन सकेका छैनन्। सञ्चारकर्मी माथी गरेको अभद्र व्यवहार र घर लिलामीको बारे प्रष्ट आफ्नो धारणा राख्न नसक्नुको कारणले यसमा सहकारी संस्थानै दोषी ठहर भएको पाईन्छ। निरक्षर र निर्दोष व्यक्तिमाथि गिरोहले गरेको शोषणका कारण पिडित मर्कामा परेको छ। त्यसैले पीडित व्यक्तिलाई उचितरुपमा न्याय दिनकालागि सञ्चारमाध्यमहरुले निर्वाह गरेको भूमिका आफैंमा महत्वपूर्ण रहेको छ। यसको साथै पिडित व्यक्तिलाई न्याय दिनका लागि सहकारी संस्था र गिरोहलाई जवाफदेही बनाई कानुनको दायरामा ल्याउन सम्बन्धित निकायको ध्यान जानु अति नै आवश्यक देखिन्छ।