Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

निषेधाज्ञा अन्त्य जारी आदेश लागू

बैशाख १६ गतेका दिनदेखी जारी भएको निषेधाज्ञा हट्दै आजदेखि उपत्यकाको जिल्लामा जारी आदेश लागू भएको छ। उपत्यकाको ३ जिल्ला प्रशासन कार्यालय प्रमुखको बैठकले २०७८/०५/१६ बुधवार बसेको बैठकले उपत्यकाको निषेधाज्ञा हटाएर बिहिबार सार्वजनिक प्रशासन लगायतका सबै क्षेत्र सञ्चालनको लागि अनुमति दिएपछि आज शैक्षिक क्षेत्र बाहेक सबै क्षेत्र खोलिएको छ। आज निषेधाज्ञा खुकुलो भएलगतै सम्पूर्ण क्षेत्र खुला भएसँगै सम्पूर्ण कार्य गतिविधि सञ्चालन भएको छ। यसैगरी कोरोना भाईरसको महामारीलाई मध्यनजर गर्दै आजदेखि भदौ मसान्तसम्ममा लागि निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय प्रमुख कालीप्रसाद पराजुलीले बताए। सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सावधानी र मापदण्ड अपनाउदै सम्पूर्ण क्षेत्र सञ्चालन गर्न आदेश जारी गरेको हो। नेपाल सरकार स्वास्थ्य मन्त्रालयलले सचेत रहन‌ गरेको आग्रहलाई सहर्ष स्वीकार गर्दै जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश पालना गर्ने विषयतर्फ सबैले ध्यान दिनु अति नै आवश्यक छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.