Nepal Jana Khabar
हरेक जनताको खबर
८ बैशाख २०८२, सोमबार
ट्रेनडिंग

विवेकशील साझा पार्टी फुटको संघारमा जाने संकेत

मुलुकको राजनीतिको अर्थलाई फरक तरिकाले परिभाषित गर्नुपर्छ भन्ने मान्यता राखेको साझा विवेकशील पार्टीले निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्यो। नयाँ दल दर्ता गरेसँगै विवेकशील पार्टीले आफूलाई वैकल्पिक राजनैतिक शक्तिको रूपमा प्रस्तुत गर्यो। वैकल्पिक राजनैतिक बाटोलाई अंगाल्दै मुलुकमा परिवर्तन गर्न चाहेको धारणा राखेका पार्टीका नेताहरुबीच पार्टी गठन भएको डेढ वर्ष नबित्दै वैचारिक मतभेदका कारण साझा पार्टी र विवेकशील पार्टी गरी दुई भागमा विभाजन भएपछि यस पार्टीले जनताको विश्वास गुमाउँन पुग्यो।

केही समयको अन्तरालपछि कोरोना भाईरसको संक्रमणको जोखिम कायमै रहँदाको अवस्थामा विभाजन भएका साझा विवेकशील पार्टी एकताको सहमति भयो। पार्टी एकताको सहमति संगै विवेकशील पार्टीको संयोजक मिलन पाण्डे र साझा पार्टीका संयोजकबिच सम्झौता पत्रमा हस्ताक्षर भयो। सहमति अनुरुप पार्टी एकता भएपछि पार्टीका सदस्य बिच एकता कायम भएसँगै आमजनमानषमा साझा विवेकशील पार्टीप्रति सकरात्मकवादी भए।

तर अहिलेको बर्तमान परिवेशलाई हेर्ने पार्टीबिच भएको बैचारिक मतभेदले फेरि एकचोटि पार्टी विभाजनको संघारमा जाने संकेत देखाएको छ।तर केही दिन अगाडि साझा विवेकशील पार्टीका संयोजक रवीन्द्र मिश्रले राजसंस्था र हिन्दू राज्यको पक्षमा जनमतसंग्रह गर्नुपर्ने विचार प्रस्तुत गरिएपछि अर्का संयोजक मिल्न पाण्डेले पार्टी एकीकरणको सम्झौता विपरित भएको भन्दै आलोचना गरेपछि बिचारमा मतभेद आएको छ। विचारमा बिचलन आएसँगै संयोजक रवीन्द्र मिश्र र मिलन पाण्डेले छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक डाकेको छ। वैचारिक बिचलनले निम्त्याएको यस समस्याले पार्टी विभाजनको संकेत प्रष्ट पारेको छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.