गत हप्ता बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकले नेकपा एमालेको महाधिवेशनले असोज महिनामा पार्टीको विधान सभा र मंसिर महिनामा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ।गत हप्ता नेकपा एमालेको स्थायी कमिटीको बैठकले असोज ६ र ७ गते स्थायी कमिटीको महाधिवेशन बिधान सभा गर्ने निर्णय गरेको छ। यसैगरी मंसिर १० देखि १२ गतेसम्म पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ।
पार्टीको महाधिवेशन गर्ने निर्णय गरिरहँदाको अवस्थामा ओलीको प्रतिगामी कदमको बिरोध गर्दै माधबकुमार नेपाल समूहले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरी विभाजनको संघारमा पुगेका छन्। राजनैतिक ईतिहासमा नेपाल कम्युनिष्ट पार्टीको एकता,फुट, विभाजन कहिल्यै बिर्सन नसक्ने ईतिहास नेपाली जनताको सामु साबित भएको छ। पार्टीको महाधिवेशन नजिकिँदै गर्दा नेकपा एमालेका नेताहरु आफूलाई कसरी राजनैतिक रुपमा बलियो बनाउने र महाधिवेशनको नेतृत्व चयनमा आफू कसरी अघि बढ्ने विषयतर्फ ध्यान आकर्षित गरेका छन्।
यसैगरी नेकपा एमालेका महासचिव ईश्वर पोखरेल आगामी महाधिवेशनमा एमालेको अध्यक्ष पदमा पुग्ने र कम्युनिष्ट आन्दोलन सफल पार्ने उनको ठूलो महत्वकांक्षा रहेको छ। महासचिव ईश्वर पोखरेलले एक कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै आगामी महाधिवेशनमा आफूले नेकपा नेतृत्व गर्न सक्षम भएको कारण आगामी महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष हुन् सक्षम भएको दाबी गरेका छन्।आफू २१ बर्षको उमेरदेखि अहिलेसम्म राजनीतिमा सक्रिय भएर लागेको बताउँदै उनले आगामी महाधिवेशनमा उम्मेदवारी दिने घोषणा समेत गरेका छन्। ईश्वर पोखरेल नेकपा एमालेका केन्द्रीय महासचिव हुन्। उहाँ कम्युनिष्ट आन्दोलनबाट सक्रिय हुँदै केपी ओली सरकार नेतृत्वको उप-प्रधानमन्त्री र रक्षामन्त्री समेत हुन्।
केपी ओली सरकार सत्तामा रहँदा बारम्बार उनले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी समेत सम्हाल्नुभएको थियो।आफू सरकारमा रहँदा कोरोना भाईरसको महामारीको अवस्थामा सिसिएमसीको प्रमुख बनी जनताको जीवनरक्षाको पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गरी आफ्नो कार्यभार सम्हालेका थिए। सरकारमा रहँदा आफ्नो नजिकको नातेदारलाई राष्ट्रिय वाणिज्य बैंकको प्रमुखमा नियुक्त गरेको विषयमा विवादमा मुछिएका थिए। सरकारमा रहँदा बिभिन्न राजनैतिक उतारचढाव को सामना गर्दै अघि बढेका नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको आउने महाधिवेशन संगै पार्टीको अध्यक्षको भूमिका र कार्यभार सम्हालने महत्वकांक्षा पलाएको छ।