Nepal Jana Khabar
हरेक जनताको खबर
२६ बैशाख २०८३, शनिबार
ट्रेनडिंग

कोशीमा पानीको बहाव यस वर्षकै उच्च भएपछि खोलिए ३५ ढोका, कति क्यूसेक मापन गरियो ?

कोशी नदीमा आइतबार पानीको बहाव अहिलेसम्मकै उच्च देखिएको छ। केही दिनयता लगातार भइरहेको वर्षाका कारण नदीको बहाव बढेको कोशी ब्यारेज कन्ट्रोल रुमले जानकारी दिएको छ।कोशी ब्यारेज कन्ट्रोल रुमकाअनुसार आइतबार दिउँसो ३ बजे गरिएको मापनअनुसार कोशीमा पानीको बहाव २ लाख ६६ हजार ६ सय ६० क्यूसेक पुगेको बताएको छ। जुन यो वर्षकै उच्च बहाव हो।

यसअघि साउन ३२ मा गरिएको मापनमा कोशीमा पानीको बहाव २ लाख ५६ हजार २० क्यूसेक मापन गरिएको थियो। केहीदिनयता लगातार भइरहेको वर्षाको कारण पानीको बहाव बढ्दै गएको छ।

यो पनि पढनुस !!

त्यस्तै नदीको बहाव बढेपछि कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका ब्यारेज कन्ट्रोल रुमले जनाएको छ। पानीको बहाव बढ्दै गएपछि आसपासका स्थानीयलाई सर्तक रहन आग्रह गरिएको छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.