Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

अफगानिस्तानमा फेरि आक्रमणको खतरा

अफगानिस्तानमा तालिवानले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गरेसँगै सबै युद्ध समाप्त भएको घोषणा गरेपनि अहिलेसम्म युद्ध भने समाप्त भएको छैन। अफगानिस्तानको विभिन्न क्षेत्रमा एकपछि अर्को आक्रमण भइरहँदा यहाँका व्यक्तिहरू त्रसित हुन पुगेको छ। अफगानिस्तानमा तत्काल आक्रमण हुन सक्ने स्थिति देखा परेको अमेरिकाको राष्ट्रपति जो वाईडेनले बताएका छन्। अफगानिस्तानमा जुनसुकै बेला पनि आक्रमण हुन सक्ने सम्भावना भएकाले अमेरिकाले अन्तिम चरणको उद्धार कार्य नरोकिने जनाएको छ।

यसैगरी अफगानिस्तानमा जुनसुकै बेला पनि आक्रमणको खतरा रहेकाले बेलायती नागरिकहरूले अफगानिस्तान छाडेका छन्। अफगानिस्तानमा चर्किएको चरम युद्धका कारण अमेरिकी सैनिकको संख्या घट्दै गएको रक्षा मन्त्रालय पेन्टागनको भनाई छ। यसैगरी अफगानिस्तानमा जुनसुकै बेला पनि हुन सक्ने आक्रमणलाई मध्यनजर गर्दै विभिन्न देशका कुटनीतिज्ञ,सेना र अधिकारीहरुले अफगानिस्तान छाडेका छन्।प्रकाश कपाली (सह-सम्पादक)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.