पूर्व जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर, राजेन्द्र महतो पक्षका नेताहरुले पार्टी विभाजनको संघारमा पुगेसँगै बाबुराम भट्टराई र उपेन्द्र यादबको पक्षमा पार्टी आधिकारिकता पाएपछि निर्वाचन आयोगमा नयाँ लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गराएका थिए। लोकतान्त्रिक समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएसँगै आमजनताले लोकतान्त्रिक समाजवादी पार्टी सत्तापक्ष गठबन्धनको सरकारमा सहभागी हुन्छ कि हुदैन भनी आमजनताको चासो विषयले चर्चा पाइरहेको अवस्थामा आज लोकतान्त्रिक समाजवादी पार्टीले आफू सरकारमा जाने कुनै पनि छल
फल नभएको बताएको छ।
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टीको कार्य गतिविधिलाई सुदृढ बनाउने कार्यतर्फ लोकतान्त्रिक समाजवादी पार्टी निरन्तर अभ्यासमा लागिरहेको हुँदा पार्टी कसरी मजबुत बनाउने भन्ने विषयमा छलफल भइरहेको र सरकारमा जाने विषयमा पार्टीमा पछि छलफल हुने बताएका छन्।प्रकाश कपाली (सह-सम्पादक)