नेकपा एमाले पार्टीमा चर्किएको लामो समयको दण्ड पार्टी फुटको संघारमा पुगेसँगै अन्त्य भएको छ।
नेकपा एमालेका अध्यक्ष एवम् नेता केपी शर्मा ओली र नेकपा एमालेका पूर्व वरिष्ठ नेता माधवकुमार नेपालबीचको वैचारिक द्वन्द्व पार्टी विभाजन सँगै अन्त्य भएको हो।
नेकपा एमालेबाट छुट्टिएर नयाँ पार्टी गठन गरेसँगै माधवकुमार नेपाल समूहका नेताहरुले नेकपा एकीकृत समाजवादी पार्टीको नाम निर्वाचन आयोगमा दर्ता गराएका छन्। मंगलबार चन्द्रागिरी रिसोर्टमा भएको पार्टीको रणनीति वैज्ञानिक समाजवाद भएको विषय पार्टीको घोषणापत्र र अन्तरिम विधानमा उल्लेखित छ।
वैज्ञानिक समाजवादको मार्गनिर्देशक सिद्धान्त भनेको मार्क्सवाद-लेनिनवाद हो। वैज्ञानिक समाजवादको अर्थ यसबाट प्रष्ट हुन्छ कि जसले श्रमजीवि वर्गको मुक्ति र समाज परिवर्तनका पक्षमा वकालत गर्ने, जनताको हकहितको पक्षमा प्रतिनिधित्व गर्ने राजनैतिक संस्थाको रुपमा नयाँ तरिकाले अघि बढ्ने उद्देश्यले पूर्व नेकपा एमालेका नेता माधवकुमार नेपालको समूहका नेताहरु एमाले पार्टीबाट विभाजित भई नयाँ वैज्ञानिक समाजवादको दिशातर्फ मुलुकलाई अघि बढानुपर्ने विषयमा अघि बढ्दै वैज्ञानिक समाजवादको अवधारणा लाई अघि सारेका छन्।
नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुले देश र जनताको हकहितको लागि ल्याएको वैज्ञानिक समाजवादको नीति नियममा मात्र सीमित रहन्छ कि व्यवहारमा पनि लागू भई देश र जनताको हकहितमा काम हुन्छ कि हुँदैन भन्ने विषय पछिल्ला दिनहरुमा प्रष्ट हुँदै जानेछ। वैज्ञानिक समाजवादको नीतिले जनताको हकहितको प्रतिनिधित्व गर्छ कि गर्दैन त्यो भने भविष्यमा हेर्न नै बाँकी छ।प्रकाश कपाली(सह-सम्पादक)