विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमण विगतको तुलनामा ह्वात्तै बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
विगतको तुलनामा करिब २५ सय व्यक्तिहरू कोरोना भाईरसबाट संक्रमित भएको र बुधबार एकैदिनमा ४४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो समयमा कोरोना भाईरसको संक्रमण दिनप्रतिदिन बढ्दै गएको कारण स्वास्थ्यमा साबधानी अपनाउने विषयतर्फ ध्यान दिई आफू र आफ्नो समुदायलाई कोरोना भाईरसबाट मुक्त बनाउन सबैले स्वास्थ्य मन्त्रालयको निर्देशनलाई पालना गर्ने विषय तर्फ जोड दिनु अति नै आवश्यक छ।प्रकाश कपाली (सह-सम्पादक)
